भारतका एर्नाकुलमका ६३ वर्षीय जोसेफ फ्रान्सिसले घरको छतमा ड्रम राखेर ४० प्रकारका आँपका बोट हुर्काएका छन्। जोसेफ एक एयर कण्डीशनर टेक्नीशियन हुन्, तर अब उनी किसानका रूपले चिनिन्छन्। जोसेफका पुर्खाहरू पनि किसान नै थिए। जोसेफको हजुरआमाको घरमा धेरै प्रकारका गुलाबहरू हुन्थ्यो। जोसेफलाई किसान बन्ने प्रेरणा पनि हजुरआमाबाट नै मिल्यो। नयाँ घरमा सरे पछि, जोसेफले २५० प्रकारका गुलाब र च्याउ लगाए।

गुलाब र च्याउ खेती पछि, जोसेफको मन आँप खेतीमा लाग्यो। उनीले सोचे कि यदि नर्सरीमा आँपको बोट झोलामा बाँच्न सक्छ भने छतमा पनि त बाँच्न सक्छ। घरको छानामा बिरुवाहरू रोप्न, जोसेफले पीभीसी ड्रम किने र ती ड्रमलाई काटेर आँपको बिरूवा रोप्न उपयुक्त बनाए। अहिले, ती ड्रमहरूमा आपको बोट ५ देखि ९ फिट सम्म बढेका छन्।

जोसेफको बगैचामा चन्द्रकरण, अल्फोन्सो, मालगोवा, नीलम, केसर जस्ता लोकप्रिय प्रजातिहरू सहित ४० भन्दा बढी प्रजातिका आँप छन्। जोसेफले ग्रफ्टिंग गरेर नयाँ प्रजातिको आँपका विरुवा उत्पादन गरेका छन्। यस आँपको प्रजातिलाई उनले आफ्नो पत्नीको नामबाट ‘पेट्रीसिया’ राखेका छन्। जोसेफको उद्देश्य भने कुनै नाफा कमाउने होइन। उनी आफ्ना बगैंचामा रहेका सबै फलहरू मित्रहरू, आफन्तहरू र पर्यटकहरूलाई नि: शुल्क वितरण गर्छन्।

