विवाहपछि हामी सबै हाम्रो दाम्पत्य जीवन सुखमय र आदर्श रहोस् भन्ने चाहन्छौँ। जब आदर्श विवाहित जीवनको उल्लेख हुन्छ, भगवान राम र माता सीता, भोलेनाथ र माता पार्वतीको उल्लेख हुन्छ। यदि तपाईं पनि आफ्नो वैवाहिक जीवनलाई खुशी र सुखी बनाउन चाहनुहुन्छ भने भगवान शिव र पार्वती मातालाई अनुसरण गर्नु राम्रो हुन्छ।
अपार प्रेम
भगवान शिव र माता पार्वतीबीचको प्रेमको गहिराई मापन गर्न सकिदैन। राजाकी छोरी (पार्वती) भए पनि उनले बैरागी (शिव) सँग प्रेम गरिन् र उनीसँग विवाह गरिन्। उनले शिवको सेवा गरिन्। पार्वतीलाई सतीदेवीकी पूनर्जन्म मानिन्छ। माता पार्वती र भगवान शिवमा प्रगाढ प्रेम छ।
विधिपूर्वक विवाह
भगवान शिव ब्रह्माण्डको कर्ता-धर्ता हुन्, तर पनि उनले माता पार्वतीसँग गन्धर्व विवाह गर्नु भएन। दुबैले विवाहको लागि समाजमा प्रचलित प्रचलनलाई अनुसरण गरे। माता सतीदेवी वा पार्वतीको रूप होस्, दुबै अवसरहरूमा सबैको सहमति पछि मात्र विवाह विधिहरू पूर्ण विधानको साथ सम्पन्न भयो। सम्पूर्ण परिवारलाई खुशी राख्नु नै आदर्श जोडीको कर्तव्य हो।
जन्म जन्मसम्मको साथ
जब भगवान शिवसँग सतीको रूपमा विवाह हुन सकेन, उनले अर्को जन्म पार्वतीको रूपमा लिइन् र भोलेनाथलाई आफ्नो जीवनसाथीको रूपमा पाउन कडा तपस्या गरिन्। भगवान शिव आफ्नो जीवनमा केवल माता पार्वतीको लागि पर्खिरहेका थिए र अर्कोतर्फ, देवी पार्वतीले शिवलाई प्राप्त गर्न सबै प्रकारको कठिन भन्दा कठिन परीक्षा दिइन्।
एक जीवनसाथीप्रति समर्पित
माता पार्वतीले हरेक जन्ममा भगवान शिवलाई उनको पतिको रूपमा प्राप्त गर्न तपस्या गरिन्। त्यस्तै, कैलाशपतिले केवल माता पार्वतीलाई जीवनसाथीको रूपमा स्वीकारे। वैवाहिक जीवनमा एक अर्का प्रति विश्वास र समर्पणको भावना हुनु धेरै महत्त्वपूर्ण हुन्छ।
आदर्श माता पिता
भगवान शिव र माता पार्वतीले एक आदर्श परिवार कस्तो हुनुपर्छ भनेर दर्शाए। जहाँ पति र पत्नीबीच प्रेम र घनिष्ठता छ, आफ्ना छोराछोरीको पालन-पोषण पूरा जिम्मेवारीको गरे।
प्रेम र सम्मान
वैवाहिक जीवनमा एक अर्कालाई प्रेम गर्नु महत्त्वपूर्ण हुन्छ, साथै सम्बन्धमा एक अर्का प्रति आदर सम्मान हुनु पनि निकै महत्वपूर्ण हुन्छ। जुन सम्बन्धमा एक अर्का प्रति सम्मान हुँदैन, त्यो सम्बन्धमामा कलहको स्थिति सिर्जाना हुन्छ। भगवान शिवले सधैं माता पार्वतीको सम्मान गर्नु हुन्थ्यो, त्यस्तै पार्वतीले शिवको सम्मान गर्न आफ्नो जीवनको बलिदान दिन पनि पछि हटिनन्।