कोरोनाको चपेटामा राजधानी: असावधानीले जोखिम निक्कै उच्च !

काठमाडौं । सबैभन्दा धेरै जनघनत्व भएको काठमाडौं उपत्यका कोरोना भाइरसको निक्कै उच्च जोखिममा परेको छ । काठमाडौं उपत्यकामा भईरहेको अव्यस्थित आवतजावत, जनस्वास्थ्यका मापदण्ड बिना सञ्चालनमा रहेका सवारीसाधन र रेष्टुरेन्टका कारण निक्कै जोखिममा परेको हो । यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार राजधानीमा दैनिक संक्रमित भेटिएका छन् । बन्दाबन्दी खुलेपछि मानिसमा देखिएको लापरवाहीले राजधानीमा संक्रमित बढ्न थालेको विज्ञहरुले पनि बताएका छन् । राजधानीमा अव्यवस्थित रुपमा चलेका सवारी साधनहरु हटस्पटका रुपमा हुने सक्ने खतरा रहेको छ । सवारी साधनमा सामाजिक दुरी कायम छैन भने सेनिटाइजरको व्यवस्था पनि निक्कै कमले मात्र गरेका छन् ।

राजधानी भित्रने नाकाहरुमा पनि लापरवाही देखिने गरेको छ । केही समय चेकिङ हुने भएपनि मानिसहरु लुकिछिपी प्रवेश गर्ने, कतिपयको सामान्य स्वास्थ्यमात्र चेकजाँच गरेर प्रवेश गराउने गरेपछि जोखिम बढेको हो । यस्तै, राजधानीभित्रै पनि मास्कको अनिवार्य प्रयोग नहुने, सामाजिक दुरी कायम नै नगर्ने, मुख्य चोकहरुमा अत्याधिक भिड हुने गरेको छ ।

यस्ता, स्थानको सुरक्षामा खटिएका सुरक्षाकर्मी अहिले राजधानीमा कोरोनाको पहिलो चपेटामा परेका छन् । राजधानीमा मंगलबारसम्म संक्रमितको संख्या ७४७ पुगेको छ । मंगलबारमात्रै ६२ जनामा संक्रमण भेटिएको छ । यसअघि १९ गते ५१, १८ गते ३१, १७ गते ६, १६ गते ३८ जना र १५ गते ४५ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । उपत्यकामा जनतासँग प्रत्यक्ष सरोकार राख्ने सुरक्षाकर्मी पहिलो चपेटामा आएका हुन् । संक्रमित मध्ये झण्डै ६० प्रतिशत सुरक्षाकर्मी हुन् । मंगलबारमात्रै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सुरक्षाकालागि खटिएका मध्ये १४ जना संक्रमित भेटिएका छन् ।

स्वास्थ्य मन्त्रालयले पछिल्लो समय संक्रमणको खतरा बढ्दै जानुको मुख्य तीन कारण रहेको जनाएको छ । मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले स्वाब परीक्षण नगरी स्वदेश भित्रने गरेका कारण जोखिम आएको बताए । ‘स्थगलत आवागमनबाट आउनेको स्वाब संकलन गरेर मात्रै प्रवेश गर्न दिन स्थानीय सरकारलाई आग्रह गर्छौ’, उनले भने ।

स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारीहरुले सामाजिक दुरी कायम नगर्नु र मास्क नलगाउनु नै संक्रमण सर्नुको मुख्य कारण भएको बताए । सिंहदरबारकै कर्मचारीले पनि मास्क नलगाउने र लगाए पनि चिउडोमा लगाउने गरेकाले यसमा कडाइ गर्न मन्त्रालयले आग्रह गरेको छ । यस्तै, २५ जना भन्दा बढीको भेलामा रोक लगाएपनि पालना नहुनुले जोखिम बढ्दै गएको स्पष्ट पारेको छ ।

मंगलबार थप २५९ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । योसँगै हालसम्म जम्मा संक्रमितको संख्या २१ हजार ९ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता गौतमले देशभरका प्रयोगशालामा सात हजार ६८७ पिसिआर नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको बताए । हालसम्म सक्रिय संक्रमितको संख्या पाँच हजार ९२५ रहेको छ ।

प्रकाशित : बुधबार, साउन २१, २०७७०३:२७

मध्यराति ओली र प्रधानन्यायाधीशबीच एक-अर्कालाई साथ दिने गोप्य सहमति …