कोरोनाको महामारीमा तनावबाट यसरी बच्नुहोस डायबिटीजका रोगि!

अहिले संसारभर  कोरोना भाइरसको महामारी फैलिरहेको छ।  कोरोनाबाट बच्नको लागि लकडाउन भईरहेको छ। लकडाउनको कारण सबै मानिसको लाइफस्टाइल बद्लिएको छ । बद्लिएको  लाइफस्टाइल तनावको  कारण बनेको छ । एक त  मान्छेहरु पहिलेदेखि तनावले पीडित छन् र अब कोरोना एक नयाँ कारण बनेको छ। जस्तै   कोरोना भाइरसको   संक्रमित हुने डर , काम र जिन्दगीको तालमेल नामिल्नु । दिन प्रतिदिन बढेको तनावले दिमाखमा असर गर्ने मात्रै नभई कैयौँ बिरामीको कारण  पनि बन्न सक्छ।

कोरोनाको डर त्यस व्यक्तिलाई हुन्छ जसलाई पहिले नै डायबिटीज, हाई ब्लड प्रेशर र  मुटुसँग सम्बन्धित रोग लागेको हुन्छ।  कोरोना भाइरस एक भाइरल हो। योप शरीरको  रोग प्रतिरोधक क्षमता कम हुने व्यक्तिको लागि घातक रहेको छ । कोरोनाबाट बच्न डायबिटीज र हाई ब्लड प्रेशरको  पीडितले आफ्नो ध्यान राख्नुपर्ने  हुन्छ।

कोरोनामा तनावबाट बच्नको लागी खानपानमा ध्यान दिने:

चाहे तपाई घरबाट नै काम गरिरहनु भएको छ भने तपाईले आफ्नो डाइटको ध्यान धेरै दिनुपर्नेछ। समय-समयमा  पौष्टिक तत्त्व खाईरहनुहोस् ।  तेल र मसालेदार खाना कम खानुहोला ।

दिनमा ३० मिनेट आफ्नो लागि समय निकाल्ने :

तपाईले हरेक बिहान  कसरत गर्नुहोस्  र साथै केहि आफुलाई मनपर्ने काम गर्नुहोस् । जस्तै तपाईले गीत सुन्न सक्नुहुन्छ। यस बाहेक तपाईले केहि समय आँखा बन्द गरेर आराम गर्न सक्नुहुन्छ।

हरेक दिन वर्कआउट गर्ने :

चाहे तपाई जति नै व्यस्त रहनुहोस तर  वर्कआउट गर्न नबिर्सिनुहोस। १० मिनेटसम्म वाक र  स्ट्रेचिंगले  शरीरलाई  स्वस्थ राख्छ।  यसका साथै मनलाई शान्त र तनावबाट टाढा राख्छ ।

 

प्रकाशित : बुधबार, साउन २१, २०७७११:५४

अमेरिकामा प्याज खाँदा ४०० बढीलाई भयो यस्तो संक्रमण !