“पाकिस्तानले कश्मीर समेटेर नक्सा ल्यायो, नेपालले टिस्टादेखि सतलजसम्म समेटेर ल्याउनुपर्छ”

काठमाडौँ – ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष फणिन्द्र नेपालले टिस्टादेखि सतलजसम्मको भूमि समेटेर नक्सा सार्वजनिक गर्न ओली समक्ष माग गरेका छन्।

पाकिस्तानले भारत प्रशासित कश्मीर र गुजरातको जुनागढसमेत समेटेर नयाँ नक्सा सार्वजनिक गरेको विषयमा टिप्पणी गर्दै अध्यक्ष नेपालले ओलीलाई टिस्टादेखि सतलजसम्मको भूमि समेटेर नक्सा सार्वजनिक गर्न सुझाव दिएका हुन् । पाकिस्तानका प्रधानमन्त्री इमरान खानको कदमले ओलीलाई पनि नैतिक बल प्राप्त हुने कुरामा आफू आशावादी रहेको नेपाल बताउँछन्।

“टिस्टादखि सतलजसम्मको राजनीतिक नक्सा निकालियोस् ! नेपालको मित्रराष्ट्र पाकिस्तानले हिजो अगस्त ४ का दिन इन्डिया प्रशासित काश्मीर तथा जूनागढलाई समेटेर उसको राजनीतिक नक्सा प्रकाशन गरी त्यहाँका प्रधानमन्त्री इमरान खानद्वारा देशभरि यसको प्रयोग गर्न आदेश दिएको घटनालाई ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले गम्भीरतापूर्वक लिएको छ । यसबाट नेपाल सरकार तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई टिस्टादेखि सतलजसम्मको ग्रेटर नेपालको राजनीतिक नक्सा प्रकाशन गर्न नैतिक बल प्राप्त हुने कुरामा मोर्चा अआशावादी रहेको छ ।”,नेपालले फेसबुकमा लेखेका छन्।

भारतसँग विवाद रहेका विभिन्न क्षेत्र समावेश गरेर मंगलबार पाकिस्तानले नयाँ नक्सा सार्वजनिक गरेको थियो। नयाँ नक्सामा भारत प्रशासित कश्मीर र गुजरातको जुनागढ लगातारका क्षेत्र समेटिएका छन्।

पाकिस्तानले नयाँ नक्सामा लद्दाख, सियाचिनसमेत गरी गुजरातको जुनागढ आफ्नो भूमि रहेको दावी गरेसंग भारत-पाकिस्तान बीच थप विवाद बढ्ने स्पष्ट संकेत देखिएको छ।

प्रकाशित : बुधबार, साउन २१, २०७७०८:५२

सडक क्षेत्र मिचेर बनाइएका घर भत्काइए