बुधबार गएको भूकम्पको केन्द्रविन्दु ललितपुरको बंगलामुखी !

काठमाडौँ – काठमाडौंमा भूकम्पको धक्का महसूस भएको छ । बुधवार अपराह्न ४ बजेर ३० मिनेट जाँदा काठमाडौं र त्यस आसपासमा भूकम्पको धक्का महसूस भएको हो ।

बुधबार गएको भूकम्प ललितपुर स्थित बंगलामुखीलाई केन्द्रविन्दु बनाएर गएको र त्यसको म्याग्नीट्युड ३.५ रिक्टरस्केल राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

मंगलबार राति पनि काठमाडौँ उपत्यकामा भूकम्पको धक्का महसूस भएको थियो। राष्ट्रिय भूकम्प केन्द्रका अनुसार मंगलबार राति ११ बजेर २७ मिनेट जाँदा गएको भूकम्प २.७ रिक्टरस्केलको थियो। थापाथली आसपास केन्द्रबिन्दु भएर गएको उक्त भूकम्प उपत्यकामा केहिले मात्र अनुभाव गरेका थिए।

जमीनमुनि भारतीय र तिब्बती प्लेट निरन्तर ठोक्किइरहने र भारतीय प्लेट तिब्बती प्लेटको मुनि घुस्ने क्रम निरन्तर भइरहेको हुँदा यसबाट हुने शक्ति सञ्चय भूकम्पीय माध्यमबाट क्षय हुने विज्ञहरुले बताएका छन् ।

विस २०७२ को महाभूकम्पपछि सना-ठूला पराकम्पहरु जानेक्रम जारी छ। महाभूकम्प गएका क्षेत्रमा दशौँ वर्षसम्म परकम्पन आइरहने विज्ञले जनाएका छन्। विज्ञहरुका अनुसार यसकै निरन्तरताका रूपमा नेपालमा पाँच वर्षअघिको भूकम्पपछि परकम्पन आइरहेको हो।

प्रकाशित : बुधबार, साउन २१, २०७७११:०४

सुन व्यवसायी भन्छन् – ‘मूल्य बढेपछि किन्ने कोहि भएनन्, व्यवसायनै फेर्नुपर्ने भयो’