भगवान श्री रामको जन्मभूमि अयोध्यामा राम मन्दिर बन्न लागेको हुँदा देश दुनियामा मान्छेहरु उत्साहित भएका छन् । टिभी शो ‘कहत हनुमान जय श्री राम’ मा अहिलेसम्म बाल हनुमानको कथामा ध्यान दिईएको थियो तर अब यसमा भगवान रामको जन्मको कथा सुरु हुँदैछ । सुरुवातमा यहाँ भगवान रामको बाल्यकाल देखाइनेछ जसको भूमिका बाल कलाकार निर्णय समाधियाले निभाउने छ्न् । यस शोको आगामी एपिसोडमा बाल हनुमानले कसरी भगवान रामसँग भेट्ने ईच्छा जाहिर गर्नेछन त्यो देखाईनेछ । देवताले उनलाई अयोध्या पुर्याउछन् । अयोध्यामा हनुमानको भेट भगवान रामको पिता राजा दशरथसँग हुन्छ र हनुमानको जीवनको नयाँ यात्रा यहीबाट सुरु हुन्छ ।
हनुमानलाई भगवान श्री रामको परम भक्त मानिन्छ । हनुमानले श्री रामको मदत्त उनको श्रीमती सीतालाई खोज्न र रावणबाट बचाउनको लागि गरेका थिए । श्री रामको भूमिका निभाउनको लागि बाल-कलाकार निर्णय समाधियालाई चयन गरिएको छ, यो भन्दा पहिला ‘परमावतार श्री कृष्ण’ मा बाल कृष्णको भूमिका निभाईसकेका छन् । भगवान कृष्णको रुपमा निर्णय भईसकेपछि चर्चामा आएका छन् । यो भन्दा पहिला नीतीश भारद्वाज मात्रा यस्ता अभिनेता हुन् जसले पर्दामा कृष्ण र राम दुवैको भूमिका निभाएका छन् ।

