कोरोनाका कारण आज नेपालमा अहिले सम्मकै बढी मृत्यु !

काठमाडौँ – बुधबार कोरोना भाइरस संक्रमणका कारण अहिले सम्मकै बढी व्यक्तिको निधन भएको छ। बुधबार नेपालमा अहिले सम्मकै बढी पाँच जनाको निधन भएको हो। बुधबार कोरोनाका कारण ज्यान गुमाउनेहरुमा काठमाडौंमा सर्लाहीका एकजना तथा पर्सा र मोरङका दुई-दुई जना रहेका छन्।

मोरङका दुई जनाको कोसी अस्पतालमा क्रममा निधन भएको अस्पतालका प्रवक्ता डाक्टर लक्ष्मीनारायण यादव बताएका छन्। दुवै जना ४५ वर्षका रहेको र एक जना रंगेली तथा अर्का विराटनगर महानगरपालिका-९ निवासी रहेको उनले बताए।

यादवका अनुसार रंगेलीका पुरुषको अस्पताल ल्याउँदै गर्दा बुधबार बाटोमा नै निधन भएको हो भने श्वासप्रश्वास, छाती दुख्ने र पखालाको समस्या देखिएपछि मंगक्बार बिहान अस्पताल भर्ना भएका विराटनगरमा पुरुषको बुधबार दिउँसो निधन भएको हो।

बुधबार नै सर्लाही मलंगवा नगरपालिका-६ की ६५ वर्षीया वृद्धाको काठमाडौँमा निधन भएको छ। काठमाडौं बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा उपचाररत् उनको मध्यान्न १२ बजे निधन भएको हो।

यस्तै कोरोनाको केन्द्रविन्दु बनेको पर्सामा कोरोनाका कारण बुधबार दुई जनाको ज्यान गएको छ। ज्यान गुमाउनेहरुमा १८ वर्षीया किशोरी र ४६ वर्षीय पुरुष रहेका छन्। जसमध्ये युवतीको निधन पछि कोरोनाको पुष्टि भएको हो भने पुरुषको नेसनल मेडिकल कलेजमा निधन भएको हो।

प्रकाशित : बुधबार, साउन २१, २०७७१३:५९

विस्फोटनपछि बेरुतबाट तीन लाख मानिस विस्थापित !