९० बर्षिया संक्रमित मधुदेवीले जितिन् कोरोना, डिस्चार्ज भएर घर फर्किइन् !

प्रदेश नं. १ का सामाजिक विकासमन्त्री जीवन घिमिरे कोशी अस्पताल (कोभिड–१९) उपचार केन्द्र विराटनगरमा उपचारपछि निको भै बुधबार घर फर्कन लाग्नु भएका ९० बर्षिया मधुदेवी भट्टराईलाई विदाई गर्दै ।

विराटनगर – प्रदेश नं. १ मा बुधबार ९० वर्षीया वृद्धासहित ५७ जना आज निको भई घरफर्केका छन् । पूर्वाञ्चल विश्वविद्यालय कोभिड–१९ आइसोलेसन अस्पतालबाट ३६ जना र कोशी अस्पताल (कोभिड–१९) उपचार केन्द्र विराटनगरबाट २१ जना सङ्क्रमण निको भएर घर फर्केको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रदेश नं. १ का सामाजिक विकासमन्त्री जीवन घिमिरे कोशी अस्पताल (कोभिड–१९) उपचार केन्द्र विराटनगरमा उपचारपछि निको भै बुधबार घर फर्कन लाग्नु भएका ९० बर्षिया मधुदेवी भट्टराईलाई विदाई गर्दै ।

सामाजिक विकामन्त्री जीवन घिमिरे, कोशी अस्पताल विराटनगरका मेडिकल सुपरीटेण्डेन्ट डा चुमनलाल दास र स्वास्थ्य केन्द्र विराटनगरका प्रमुख ज्ञानबहादुर बस्नेतले विराटनगर केन्द्रबाट निको भई घरफर्कनेहरुलाई बिदाइ गरेका थिए ।

कोशी अस्पताल (कोभिड–१९) उपचार केन्द्र विराटनगरबाट बुधबार निको भै घरजान लाग्नु भएका पूर्व सङ्क्रमित विराटनगर–६ निवासी ९० बर्षिया मधुदेवी भट्टराईसँग सामूहिक तस्वीर खिच्दै पूर्व सङक्रमितहरु ।

निको भई घर फर्कने पूर्वसङ्क्रमितहरुमा मोरङका २६, झापाका १६, सुनसरी र इलामका छ/छ, धनकुटा, उदयपुर र ते¥हथुमका एक/एक जना रहेका छन् । प्रदेशमा निको हुने सङ्क्रमितको सङ्ख्या ८८७ पुगेको छ ।

कोशी अस्पताल (कोभिड–१९) उपचार केन्द्र विराटनगरबाट बुधबार निको भै घरजान लाग्नु भएका पूर्व सङ्क्रमित विराटनगर–६ निवासी ९० बर्षिया मधुदेवी भट्टराईसँग सामूहिक तस्वीर खिच्दै पूर्व सङक्रमितहरु ।

प्रदेश नं. १ मा बुधबार १८ जना सङ्क्रमित थपिएका छन् । ६१६ जनामा गरिएको पीसीआर परीक्षणबाट आएको नजिजाअनुसार पाँच महिलासहित १८ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङमा १४, इलाममा दुई, उदयपुर र सुनसरीमा एक/एक जनामा सङ्क्रमण देखिएको छ ।

मोरङको विराटनगरमा चार महिलासहित १०, सुनबर्षीमा तीन र धनपालथानमा एक, इलामको इलाम नगरपालिका र सूर्योदयमा एक/एक, उदयपुरको त्रियुगामा एक महिला र सुनसरीको धरानमा एक जनामा पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । प्रदेशमा सङ्क्रमितको सङख्या एक हजार १८९ पुगेको छ ।

प्रकाशित : बुधबार, साउन २१, २०७७१४:४७

लकडाउन गर्न विज्ञहरुको सुझावपछि गृहको नयाँ नियम, भोलिबाट लागू हुने ! [विज्ञप्ति सहित]