“प्रधानमन्त्रीले जनतासँग डर र लाज मान्न छाडे” – गगन थापा

फाइल तस्बिर

काठमाडौँ – लगानी बोर्डको सीईओ (प्रमुख कार्यकारी अधिकृत)मा सुशील भट्टलाई नियुक्त गरेपछि प्रधानमन्त्री केपी शर्मा ओली पुनः विवादमा परेका छन्। यस विषयलाई लिएर ओलीको पार्टी बाहिर मात्र नभई पार्टी भित्रै पनि आलोचना भएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले लगानी बोर्डको सीईओमा भट्टलाई नियुक्त गरेको थियो ।

भट्टलाई लगानी बोर्डको सीईओमा नियुक्त गरिएको प्रति प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसले पनि आपत्ति जनाएको छ। नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य गगन थापाले ओलीको उक्त कदमलाई ‘लाल बिचौलियावाद’को संज्ञा दिएका छन्।

बुधबार एक ट्वीट गर्दै थापाले लगानी बोर्डको सीईओ (प्रमुख कार्यकारी अधिकृत)मा सुशील भट्टलाई नियुक्त गरिनु ‘लाल बिचौलियावाद’ को अर्को उदाहरण रहेको बताएका हुन्।

धानमन्त्री केपी शर्मा ओलीले कुनैपनि मुद्दामा जनतासँग डर र लाज मान्न छाडेको थापाको आरोप छ। थापाले आफ्नो कुर्ची जोगाउने र आफ्नालाई पोस्ने स्वार्थ प्रधानमन्त्रीले बोक्नुलाई निर्लज्जता भनेका छन्। थापाका अनुसार जनतासँग डर र लाज मान्न छाड्नु अशुभ संकेत हो।

“लगानी बोर्डको सीईओ नियुक्ति प्रकरण; ‘लाल बिचौलियावाद’ को अर्को उदाहरण! प्रधानमन्त्रीलाई न लोकसंग कुनै डर छ न विधिसंग।छ त केवल आफ्नो कुर्ची जोगाउने र आफ्नालाई पोस्ने स्वार्थ। निर्लज्जता! प्रधानमन्त्रीले कुनै पनि मुद्दामा जनतासंग डर र लाज मान्न छाड्नु अशुभ संकेत हो।”,थापाले ट्वीर गर्दै भनेका छन्।

प्रकाशित : बिहिबार, साउन २२, २०७७०२:२३

काठमाडौँका १६ कोरोना पुष्टि सम्पर्कबिहीन: विज्ञ भन्छन् – ‘कोरोना नियन्त्रण बाहिर जान्छ’