काठमाडौँका १६ कोरोना पुष्टि सम्पर्कबिहीन: विज्ञ भन्छन् – ‘कोरोना नियन्त्रण बाहिर जान्छ’

6«flkms k|x/Lsf] :jfa ;ªsng M sf7df8f}F, !* ;fpg M lghL If]qaf6 ;~rflnt ljw Nofadf cfOtaf/ ;8s ;'/Iffdf vl6Psf 6«flkms k|x/Lsf] lkl;cf/ k/LIf0fsf nflu :jfa ;ªsng ul/+b} . Nofan] %) hgf 6«flkms k|x/Lsf] lgMz'Ns lkl;cf/ k/LIf0f ul/Psf] hfgsf/L lbPsf] 5 . t:jL/ M /d]z nD;fn, /f;;

काठमाडौँ – सम्वन्धित निकाए गम्भीर नबने कोरोना भाइरस संक्रमणले अनियन्त्रित बन्न सक्ने भन्दै विज्ञहरुले चिन्ता व्यक्त गरेका छन्। बुधबार काठमाडौँ उपत्यकामा कोरोना भाइरस संक्रमणको पुष्टि भएका मध्ये १६ जना सम्पर्कबिहीन भएको खबर सार्वजनिक भएसँगै विज्ञहरुले चिन्ता व्यक्त गरेका हुन्।

कोरोना भाइरस संक्रमण नियन्त्रण तथा नियन्त्रणको जिम्मेवारी पाएका निकायहरुको लापरवाहीका कारण गम्भीर समस्या निम्तिन सक्ने र महामारीले ठूलो रुप लिन सक्ने विज्ञहरुको चिन्ता छ।

जनस्वास्थ्यविद् डाक्टर रबिन्द्र पाण्डे संक्रमण पुष्टि भएका व्यक्तिको स्पष्ट जानकारी सम्बन्धित निकायसँग नहुनुलाई जनस्वास्थ्यमाथिको चरम लापरबाही मान्छन्।

“हिंजो काठमाडौं उपत्याकामा सक्रमित १०२ जनामध्ये १६ जना सम्पर्कबिहीन छन् । यस्ता घटना अन्य जिल्लामा पनि भएका छन् । यो सम्बन्धित निकायको ब्यबस्थापनमा असफलता मात्र होइन जनस्वास्थ्यमाथिको चरम लापरबाही हो ।”,उनी भन्छन्।

यसरी सम्पर्कबिहीन भएका संक्रमितहरुबाट धेरैमा कोरोना भाइरस संक्रमण सर्न सक्ने भएपनि सरकार र सम्वन्धित निकाय त्यसप्रति गम्भीर नभएको उनको भनाई छ। यस्ता घटना रोक्नको लागि रिपोर्ट नआएसम्म स्वाब लिइएका व्यक्तिहरुलाई होल्डिंग सेन्टर वा क्वारेन्टाइनमा राख्नुपर्ने उनी बताउँछन्।

“उनीहरुले धेरै ठाउँमा धेरै जनालाई संक्रमण सार्न सक्छन् । परीक्षण गरेका व्यक्तिलाई रिपोर्ट आउने बेलासम्म होल्डिंग सेन्टर वा क्वारेन्टाइनमा राखिएन भने महामारी रोक्न सकिदैन ।”,पाण्डे फेसबुकमा लेख्छन्।

प्रकाशित : बिहिबार, साउन २२, २०७७०४:३४

स्कुटरको ठक्करबाट महिलाको मृत्यु