सानै उमेरदेखि सुपरस्टार झै थिए आदित्य, पहिलो गित नै गाएका थिए नेपाली!

बलिउड अभिनेता, गायक  तथा चर्चित होस्ट आदित्य नारायण ३५ वर्ष लागिसकेका छन् । आदित्य नारायणको जन्म ६ अगस्ट १९८७ मा मुम्बईमा भएको थियो। फिल्मी ब्याकग्राउन्डसँग कनेक्शन राख्ने  आदित्य नारायण, चर्चित गायक उदित नारायण झाको छोरा हुन्।

आदित्य बलिउडको  स्टार किड्स मध्ये एक हुन् , जसले बाल्यकालदेखि नै निकै नाम कमाए। बितेको केहि समय पहिले आदित्य नारायण इंडियन आइडल ११ को होस्ट रहेका थिए र इंडियन आइडलको जज नेहा कक्कड़सँग आफ्नो  बन्डिंगलाई लिएर आदित्य चर्चामा आएका थिए । उनको  जन्मदिनको   मौकामा थाहा पाउनुहोस् खास कुरा।

बलिउड गायक  आदित्य नारायणले ४ वर्षको उमेरमा आफ्नो करियरको सुरुवात गरेका थिए।  उनले ४ वर्षको उमेरमा पहिलो गीत गाएका थिए।  त्यसपछि  आदित्यले फिल्ममा अभिनय पनि गरेका थिए। आदित्यले  कल्याणजी वीरजी शाहसँग   सिंगिंगको   ट्रेनिंग लिएका थिए।

बाल्यकालमा  आदित्य ‘लिटिल वंडर्स’ कन्सर्ट मा गाउथे  । आदित्य प्लेब्याक सिंगरको रुपमा आफ्नो पहिलो गीत १९९२ मा नेपाली फिल्म ‘मोहिनी’ को लागि गाएका  थिए ।

आदित्य नारायणले १९९५ मा आएको  फिल्म ‘अकेले हम अकेले तुम’ फिल्ममा पनि गीत गाएका थिए, जसमा  आदित्यले पहिलो पटक पिता उदित नारायण झासँग काम गर्ने अवसर पाएका  थिए।

सुषाभ घईले  जब आदित्य नारायणलाई  लिटिल वंडर्समा  परफर्म गरेको देखेका थिए तब उनले आफ्नो फिल्म  ‘परदेस’ को लागि साइन गर्न लगाएका थिए । फिल्ममा  शाहरुख खान र महिमा चौधरी मुख्य रोलमा थिए ।  आदित्यलाई एक एक गरेर फिल्ममा बाल कलाकारको भूमिका मिल्न थाल्यो। केहि समय पहिला उनको ”गोवा बीच” गीत हिट भएको थियो।

प्रकाशित : बिहिबार, साउन २२, २०७७१२:५६

सुशान्त केसको सोधपुछको लागि रिया ईडी कार्यालयमा !