प्रचण्ड निवासका ६ सुरक्षाकर्मीमा कोरोना संक्रमण !

काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवासका ६ सुरक्षाकर्मीमा कोरोना संक्रमणको पुष्टि भएको छ।

ललितपुर खुमलटारस्थित अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवासको बाहिरी घेरामा खटिएका ६ जना सुरक्षाकर्मीलाई कोरोना संक्रमणको पुष्टि भएको हो। कोरोना पुष्टि हुनेहरुमा दाहाल निवासको गेटमा खटिने सेन्ट्री टोली सहितका ६ जना सुरक्षाकर्मी रहेका छन्।

बुधबार अध्यक्ष प्रचण्डको परिवारका सबै सदस्य सहित उनको सुरक्षामा खटिएका सम्पूर्ण सुरक्षाकर्मीहरुको स्वाब संलगन गरिएको थियो। जसको परीक्षणका क्रममा ६ सुरक्षाकर्मीमा बिहिबार कोरोनाको पुष्टि भएको हो।

कोरोना पुष्टि भएका प्रदेश २ का मन्त्रीले भेटेका थिए प्रधानमन्त्रीलाई !

प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवलाई कोरोना संक्रमण पुष्टि भएको छ। मन्त्री यादव मात्र नभई सोहि मन्त्रालयका अन्य सात जनामा समेत बुधबार कोरोना भाइरस संक्रमणको पुष्टि भएको हो।

कोरोना पुष्टि हुनेहरुमा संक्रमित कर्मचारीहरु २८ देखि ५२ वर्ष उमेर समुहका रहेका छन्। जस मध्ये ४२ वर्षीया एक महिला पनि रहेकी छन्। सामाजिक विकास मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक डा. विजय झाका अनुसार कोरोना पुष्टि भएका सम्पूर्णको अवस्था सामान्य छ।

यादव बालुवाटारमा प्रधानमन्त्रीसँग बैठक गरी फर्किएका थिए जनकपुर

कोरोना पुष्टि भएका मन्त्री यादवले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेको खुलेको छ। प्रकाशनमा आए अनुसार यादवले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापालाई भेटेका थिए।

साउन १७ गते बालुवाटारमा भएको बैठकमा प्रधानमन्त्री, गृहमन्त्रीसहित अन्य उच्च पदस्थ व्यक्तिहरुलाई भेटेर जनकपुर फर्किएको उनको भनाई छ।

बालुवाटारमा प्रहरी समायोजनसम्बन्धी बैठक भएको र त्यस बैठकमा प्रधानमन्त्री, गृहमन्त्री, गृहसचिव, प्रहरी प्रमुख, सातै प्रदेशका कानुन मन्त्रीहरूलगायत सहभागी भएको उनले बताए।

प्रकाशित : बिहिबार, साउन २२, २०७७०७:५४

लेबनानमा भएको विस्फोटमा १३५ को मृ-त्यु, चार हजार भन्दा बढी घाइते !