डेनियलले सन्नी पो-र्नस्टार हो भनेर थाहा हुदाँहुदैं पनि किन गरे विवाह ? यस्तो रहेछ कारण

काठमाडौँ । लोकप्रिय रियालिटी शो ‘बिग बोस’ मा प्रतियोगीको रुपमा सहभागी भएपछि सन्नी लियोनको भाग्य पूर्ण रुपले परिवर्तन भएको थियो । सनी लियोन यस शोमा जब गएकी थिईन त्यस बेला उनको पहिचान एक पो-र्न स्टारको थियो । तर जब उनी शोबाट बाहिर आईन तब उनी एक बलिउड अभिनेत्री बनिसकेकी थिईन । सन् २०१२ मा प्रदर्शनमा आएको चलचित्र ‘जिस्म-२’ बाट बलिउडमा आफ्नो करियर सुरु गर्नु पूर्व सन्नी लियोन एक अश्लील वयस्क चलचित्रको अभिनेत्री थिईन । तर ‘बेबी डल’ यानि सन्नी लियोनले हाल बलिउडमा आफ्नो अलग पहिचान बनाएकी छिन् । उनी हरेक ठाउँमा छाउन सफल भएकी छिन् । तर आज हामी तपाईलाई बताउन गईरहेका छौं कि पो-र्न स्टार सन्नी लियोनसँग डेनियल वेबर किन विवाह गरे त ?

डेनियल वेबर र सन्नी लियोनको विवाह

सन्नी लियोनलाई कामको कुनै कमी रहेको छैन । बलिउडको साथ-साथै बाँकी मानिसहरुबाट पनि उनले असाध्यै माया पाएकी छिन् । सन्नी लियोन अश्लील चलचित्रको अभिनेत्रीबाट बलिउड अभिनेत्री बनेको कुरा थाहा नपाउने सायद कमै होलान ।

तर सन्नी लियोनले डेनियल वेबरसँग विवाह गरेको कुरा थोरैलाई मात्र थाहा होला र उनी पनि आम केटी जस्तै रहन मन पराउँछिन् । सन्नी र डेनियलको भेट एक रेस्टुरेन्टमा भएको थियो र त्यसपछि सन्नीको जिन्दगीमा पूर्णतया पूर्णतया बदलाव आएको थियो ।

डेनियल वेबरले सन्नी लियोनसँग किन विवाह गरे त ?

डेनियलले सन्नीसँग विवाह गर्नुको सबैभन्दा ठूलो कारण उनीहरु दुई बीचको प्रेम हो । डेनियल आफ्नो पत्नी सन्नी लियोनको लागि ज्यानै दिन पनि तयार रहेको उनले बताएका छन् । उनी आफ्नो पत्नीको लागि खाना बनाउँछन, गितार बजाउँछन् र पूर्ण रुपले उनको सहयोग र समर्थन गर्छन । डेनियल वेबर र सन्नी लियोनको पहिलो भेट आज भन्दा ११ वर्ष पहिले संयुक्त राज्य अमेरिकाको क्यालिफोर्निया स्थित शहर लस एन्जलसमा भएको थियो र पहिलो नजरमा नै डेनियल सन्नीको प्रेममा परेका थिए । तथापि, सन्नीलाई विवाहको लागि मनाउन निकै कठिन काम थियो । तर सन्नीले डेनियलसँग करिब डेढ महिनासम्म डेट गरिन् । त्यस समय सन्नी आफ्नो जीवनको कठिन घडीमा गुज्रिरहेकी थिईन किनकी त्यस समय उनको आमाको निधन भईसकेको थियो । सन्नी उदास र पूर्ण रुपमा निराश जीवन बिताईरहेकी थिईन ।

तीन वर्षको डेटिंग पछि सन्नी-डेनियलले गरे विवाह

सन्नी लियोनले डेनियल र आफ्नो बारेमा कुरा गर्दै भनिन्, “डेनियलले मेरो लागि रेस्टुरेन्टमा फूलका गुच्छाहरु राख्नुहुन्थ्यो । म त्यस रेस्टुरेन्टमा पुग्ने बित्तिकै कसै न कसैले मलाई ती फूलका गुच्छाहरु दिने गर्थ्यो । डेनियलको यस तरिका मलाई असाध्यै मन पर्यो ।” डेनियल वेबरले सन्नी लियोनसँग किन विवाह गरे त भन्ने सवालको जवाफ त तपाईले अहिलेसम्म पाउनुभयो होला । सन्नीको अनुसार डेनियलले उनलाई सुख-दुख हरेक क्षणमा साथ दिने गर्दछन । डेनियललाई भेट्नु अघि नै सन्नीले आफ्नी आमालाई गुमाईसकेकी थिईन र उनी डिप्रेशनमा परेकी थिईन । त्यस्तो दुखद घडीमा डेनियलले उनलाई साथ दिएका थिए । लगभग तीन वर्ष डेट गरे पछि उनीहरु दुवै जना विवाह गर्ने निर्णयमा पुगेका थिए र विवाह पनि गरे ।

एजेन्सी

प्रकाशित : बिहिबार, साउन २२, २०७७११:५८

आकर्षक देखिन यी पाँच बलिउड नायिकाले गराएका थिए स्तनको सर्जरी !