सलमानमाथि एउटा दाग पनि लाग्न दिन्न भन्ने बडीगार्ड शेराले कति पारिश्रमिक लिन्छन् ? हेर्नुहोस् !

एजेन्सी – सलमान खान बलिउडको सबै भन्दा चर्चित नाम हो। कयौं हिट चलचित्र दिसकेका सलमानको जहिले पनि लाइमलाइटमा रहने गर्छन्।

सलमान सँग-सँगै उनका बडीगार्डको पनि बलिउडमा चर्चा हुने गरेको छ। सलमानका बडीगार्ड शेरा बलिउडकै सबै भन्दा धेरै चर्चा हुने बडीगार्ड हुन्।

मिडियाहरुका अनुसार शेरा सलमानको सुरक्षामा करिब २० वर्ष देखि खटिंदै आएका छन्। लामो समय देखि सलमानसँगै रहने हुँदा शेरा सलमानको पारिवारिक सदस्य जस्तै रहेको बताउने गरिन्छ।

को हुन् शेरा ?

शेराको वास्तविक नाम गुरमित सिंह जोली हो । एक सिख परिवारबाट रहेका शेराले विद्यालयको पढाइ सकेलगतै आफ्नो शरीर बनाउन शुरु गरेका थिए। मिस्टर मुम्बई र मिस्टर महाराष्ट्र जस्ता ठूला शारीरिक सुगठन प्रतियोगितामा सहभागी भएपछि शेरा विभिन्न बडीगार्ड कम्पनीमा जागिर गर्न थाले।

त्यस समयमा शेरा भारतमा आउने सेलिब्रिटीहरूको गार्डको रुपमा काम गर्ने गर्थे। कामबाट राम्रै आत्मसन्तुष्टी मिलेपछि शेराले सन् १९९३ मा आफ्नै बडीगार्ड कम्पनि पनि खोले। ‘टाइगर सेक्युरिटी’ नामक कम्पनि उनले आफ्नो छोराको नाममा खोलेका हुन्।

एकपटक चण्डीगढ पुगेको समयमा सलमान भिडमा नराम्ररी फसे। सलमानका भाइ सोहेलले सलमानलाई कुनै राम्रा बडीगार्डको आवश्यक्ता रहेको महसुस गरे अनि शेरासँग सम्पर्क गरे।

सोहेलले सलमानसँग सधैँ रहन्छौ ? भनेर प्रश्न गरेपछि शेराले केही नसोची हुन्छ भनिदिए । त्यस समय देखि शेरा सलमान खानका साथ छन् । शेरा सलमान खानका लागि बडीगार्ड मात्र नभएर परिवारका सदस्य बराबर छन्।

यता शेरा पनि सलमानलाई निक्कै आदर र सम्मान गर्छन्। सम्मानका साथ शेराले सलमानलाई “मालिक” भन्ने गरेका छन्। एउटा अन्तर्वार्तामा शेराले भनेका थिए, “मालिक मेरा लागि सबथोक हुन्, उनी मेरो भगवान हुन् । मालिक जहाँ जान्छन्, म उनैको साथमा हुन्छु, म उनीमाथि एउटा दाग पनि लाग्न दिन्नँ ।”

सलमानको छायाँ बारबार रहेका शेरा सलमान पुगेको हरेक ठाउँमा पुग्ने गर्छन्। एक श्रोतका अनुसार बडीगार्ड शेरालाई सलमानले वार्षिक २ करोड भारतीय रुपैंया पारिश्रमिक दिने गर्छन्। जुन मासिक लगभग १६ लाख ६६ हजार हुन आउँछ। [२६ लाख नेपाली रुपैया भन्दा बढी]

प्रकाशित : बिहिबार, साउन २२, २०७७१२:०६

यी बलिउड स्टार एउटै स्कुल एक साथ पढेका थिए, रहेका थिए क्लासमेट !