काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सुर्य थापाले पदको लालचमा नेकपा विभाजन र समाप्त पार्ने प्रयास भइरहेको बताएका छन्।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) भित्रको विवादलाई पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी भित्रको विवाद पद, प्रतिष्ठा, गुटबन्दी र भागबण्डा नभएर विधि, पद्दति र एकताको लागि भएको संघर्ष बताएपछि सूर्य थापाले यस्तो बताएका हुन्।
बुधबार प्रचण्डले अनौपचारिक पत्रकार भेटघाटका क्रममा पार्टी फ्ट्न सक्ने बताएका थिए। जसक्रममा प्रचण्डले विधि, पद्दति र एकताका लागि संघर्ष चलिरहेको र त्यसक्रम पार्टी फुट्न पनि सक्ने बताएका थिए।
विभिन्न पदको आकांक्षा र बाँडफाँटको योजनासहित नेकपा बिघटन गर्न खोजिएको थापाको आरोप छ। यस्तो आरोप लगाइरहँदा थापाले करिब १० वर्ष अगाडी तत्कालीन माओवादीका पार्टी अध्यक्ष तथा संसदीय दलकाे नेताबाट पुष्पकमल दाहाल “प्रचण्ड”लाई अपदस्थ गर्न केन्द्रीय कमिटीमा हस्ताक्षर संकलन, बाबुराम, वैद्य, बादल, नारायणकाजी र विप्लवले गरेको माेर्चाबन्दी समेत उल्लेख गरेका छन्।
थापाका अनुसार झलनाथ खनाल राष्ट्रपति, पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री, माधवकुमार नेपाल पार्टी अध्यक्ष र नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री बन्ने आकांक्षासहित नेकपा फुटाउने षडयन्त्र भइरहेको छ।
थापाले फेसबुकमा यसो लेखेका छन् –
१० बर्षअघि साउन यही बेला
धाेवीघाट गठबन्धनकाे परिणति
आकांक्षा र बाँडफाँट
संसदीय दलकाे नेता – बाबुराम भट्टराई
जनसेना ईन्चार्ज – रामबहादुर थापा”बादल”
संगठन विभाग प्रमुख – माेहन वैद्य “किरण”
उपप्रधानमन्त्री तथा गृहमन्त्री – नारायणकाजी श्रेष्ठ
पार्टी अध्यक्ष तथा संसदीय दलकाे नेताबाट पुष्पकमल दाहाल “प्रचण्ड”लाई अपदस्थ गर्न केन्द्रीय कमिटीमा हस्ताक्षर संकलन, बाबुराम, वैद्य, बादल, नारायणकाजी र बिप्लवकाे माेर्चाबन्दी ।
माओवादी धारकाे १ दर्जन समुहमा विभाजन र विघटन ।
अहिले १० बर्षपछि साउनकाे याे बेला
खुमलटार गठबन्धनकाे रिहर्सल
आकांक्षा र बाँडफाँट
राष्ट्रपति – झलनाथ खनाल
प्रधानमन्त्री – पुष्पकमल दाहाल “प्रचण्ड”
अध्यक्ष – माधवकुमार नेपाल
उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री – नारायणकाजी श्रेष्ठ
प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीविरूद्द दाहाल, खनाल, नेपाल र नारायणकाजी श्रेष्ठको माेर्चाबन्दी ।
याे पद, प्रतिष्ठा, गुटबन्दी र भागबण्डा नभएर विधि, पद्दति र एकताकाे लडाई रे ? पार्टी विभाजनकाे खुल्लमखुला हाँक, हाेहल्ला र रिहर्सल ।
नेकपा विभाजन र समाप्त पार्ने कसरत ।
देशीविदेशी षडयन्त्र र चलखेल ।
ग्याङ अफ फाेरकाे पत्रकार भेघाटपछिकाे परिदृश्य ???