काठमाडौँ – लगातार बढिरहेको सुनको मूल्य शुक्रबार पनि बढेको छ। बिहिबारको तुलनामा सुनको मूल्य प्रतितोला हजार रुपैंयाले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाला सुनको मूल्य एक लाख ३ हजार ५ सय रूपैयाँमा कारोबार भैरहेको छ। बिहिबार छापावाला सुनको मूल्य एक लाख २ हजार ५ रूपैयाँमा कारोबार भएको थियो।

शुक्रबार तेजाबी सुनको मूल्य पनि हजार रूपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तेजाबी सुनको मूल्य एक लाख ३ हजार रूपैयाँ कायम भएको छ।

अन्तर्राष्ट्रिय बजारमा नै सुनको मूल्य लगातार बढेकाले त्यसको प्रभाव स्थानीय बजारमा परेको महासङ्घले जनाएको छ । महासङ्घका अध्यक्ष मोहनकुमार सुनार लगानीकर्ताले सुनलाई सुरक्षित मानेर लगानी गर्दा अन्तर्राष्ट्रियरुपमै मूल्य बढेको बताउँछन् ।

साउन शुरु भएपछि मात्रै नेपालमा सुनको भाउ प्रतितोला १० हजार ८ सय रुपैंया बढिसकेको छ। साउन १ गते सुनको भाउ ९२ हजार ७ सय मात्रै थियो।

