बलिउड अभिनेता सुशांत सिंह राजपूत केसमा सीबीआई र ईडीले आफ्नो जाँच सुरु गरेको छ। बिहिबार सीबीआईले सुशान्त सिंह राजपूत केसमा एफआईआर दर्ज गरेको थियो । जसमा रिया चक्रवर्ती समेत ६ व्यक्ति आरोपी रहेका छन्।
जाँचको लागि सीबीआईले एसआइटिको गठन गरेको छ । एसआइटिलाई गुजरात केडरको आईपीएस मनोज शशिधर हेडले गरेका छन्।
रिया चक्रवर्ती र उनको परिवारलाई लिएर सीबीआई अनुसन्धानमा जुटेका छन्। सुशान्तको अकाउन्टबाट १५ करोड निकाल्नु र पैसाको लेनदेनमा गडबडी भएको कारण ईडीसँग सवालको लामो लिस्ट रहेको छ ।
सुशान्त केसमा ईडीले रिया चक्रवर्तीलाई ७ अगस्टमा सोधपुछको लागि बोलाईएको थियो । जसमा रियासँग उनको सम्पत्ति र सुशान्तसँग लेनदेनलाई लिएर सवाल गरिनेछ ।