कुनै समय भोको पेट सुत्न बाध्य भारती अहिले लिन्छिन एउटा शो कै यति धेरै पैसा!

भारती सिंह अहिले टिभी इंडस्ट्रीकी नम्बर १ महिला हास्य कलाकारमा पर्छिन्। जब उनी बोल्न सुरु गर्छिन् मानिसको अनुहारमा आफैं मुस्कान आउँछ। भारतीय मनोरन्जन दुनियामा भारतीको अहिले निकै माग छ। हास्य कार्यक्रम होस् या रियालिटी शो को उद्घोषक, भारतीलाई नै याद गरिन्छ। उनले यस उचाईमा पुग्न भने निकै संघर्ष गरेकी छिन्। भारती २ वर्षकी हुँदा उनका पिताको देहान्त भएको थियो। उनका तीन भाई-बहिनी छन्। पिताको मृ-त्यु पछि उनको घरको आर्थिक स्थिति निकै कमजोर भएको थियो। एक समय यस्तो पनि आयो कि घरमा खाने कुरा नभएर खाली पेट सुत्नु पर्थ्यो।

पिस्टल शुटिंगमा स्वर्ण पदक विजेता
अमृतसरमा जन्मिएकी भारतीले इतिहास विषयमा स्नाकोत्तर गरेकी छिन्। उनी कलेजको समयमा शुटिंगको शोखिन  थिइन्। त्यो समयमा उनले  पिस्टल शुटिंगमा स्वर्ण पदक विजेता पनि थिइन्। उनले राष्ट्रिय स्तरको तीरअन्दाजी  प्रतियोगितामा पनि भाग लिएकी छिन्। भारतीको सपना टिभीमा नभई शुटर वा आर्चर बन्ने थियो। यद्यपि परिवारको कमजोर आर्थिक अवस्थाका कारण उनी टिभीको संसारमा आउन बाध्य भइन्।

सफलताको बाटो
भारतीले २००८ मा आफ्नो करियर शुरू गरिन्। उनी हास्य कार्यक्रम ‘द ग्रेट इण्डियन लाफ्टर च्यालेन्ज’ मा सहभागीको रूपमा देखा परिन्। उनी त्यो कार्यक्रमको बिजेता त बनिनन् तर उनको कमेडी गर्ने शैली दर्शकहरूलाई निकै मन पर्यो। त्यसपछि उनले कमेडी सर्कसमा काम गरिन्। उनको कामको त्यहाँ पनि धेरै प्रशंसा भयो। भारतीले अरु पनि थुप्रै टिभी कार्यक्रमहरू गरिन्। तर उनले वास्तविक सफलता भने कपिल शर्माको ‘द कपिल शर्मा शो ‘ कार्यक्रमबाट पाइन्। उनी अहिले पनि ‘द कपिल शर्मा शो ‘ मा  काम गरिरहेकी छिन्।

कमेडी बाहेक भारती विभिन्न टिभी कार्यक्रममा उद्घोषिकाको रूपमा पनि कम गर्छिन्। उनले बलिउडका ‘खिलाडी ७८६’ र ‘सनम रे’ जस्ता चलचित्रमा पनि काम गरिसकेकी छिन्। भारतीले पंजाबी फिल्महरूमा बढी काम गरेकी छिन्। एक नूर, यमला जाट यमला, जाट एण्ड जुलिएट २, मुण्डिया तो बचके राही, आदि उनका हिट पंजाबी फिल्महरू हुन्। यस बाहेक, उनले रंगन स्टाइल भन्ने कन्नड फिल्म पनि गरिसकेकी छिन्।

एक शो को फिस
भारती बाध्यताको कारण टिभीमा आएकी भएपनि अहिले उनी एक चर्चित अनुहार बनिसकेकी छिन्। त्यसैले अहिले  उनको शुल्क निकै महँगो छ। खबर अनुसार भारती एक टिभी कार्यक्रम गर्न २५ देखि ३० लाख रूपैयाँ लिन्छिन्। त्यस्तै निजी समारोह जस्तै विवाह, जन्मदिन भोज वा प्रत्यक्ष कार्यक्रमको लागि १५ लाख रुपैयाँ लिन्छिन्।

कुनै समय भोको पेट सुत्न बाध्य भारती सिंह अहिले करोडौं रुपैयाँ कमाउँछिन्। उनीसँग यो समयमा ५२ लाख पर्ने औडी कार देखि लिएर १.७८ करोड पर्ने मर्सिडिज जस्ता कार छन्। उनले २०१८ मा आफू भन्दा ७ वर्ष कान्छा हर्ष लिम्बाचियासँग विवाह गरेकी हुन्।

प्रकाशित : शुक्रबार, साउन २३, २०७७११:४०

रियाको सम्पतिमा उब्जियो प्रश्न!