चिनिया सरकारले राजमार्गमा पर्ने घरलाई बीचमा राखेर पुल बनाएपछि, भिडियो भाइरल!

एजेन्सी, हालै सामाजिक संजालमा यस्तो भिडियो भाइरल भैरहेको छ जुन देख्दा जोकोहीलाई पनि अचम्म लाग्न सक्छ । चिनिया सरकारले  ग्वान्जाउमा राजमार्गमा पर्ने एक सानो घरलाई दुई सडकको बीचमा पारिदिएको छ ।

राजमार्गको पुलमै पर्ने उक्त घरकी मालिक्नी लियाङले सरकारलाई घर बेच्न नमानेपछि त्यस घरलाई बिचमा पारेर सडक अर्थात् पुल बनाइएको छ । घर धनीको नाम दिङजिहु अर्थात् कीला नामको उक्त घरलाई बाटो बनाउनको लागि भत्काउन लागिएको थियो तर सरकारले आफुले भनेको ठाउँमा घर नदिएकाले आफ्नो घर बेच्न नमानेको घर धनीले बताएकी छिन् ।

चिनको स्थानीय सञ्चारमाध्यमले सार्वजनिक  भिडियो फूटेजमा उक्त घर सडकको बिचमा देखिन्छ। जुन घर ४० वर्गमिटर क्षेत्रमा फैलिएको छ । घर धनि लियाङको अनुसार  घर भत्काए बापत आफुले सरकारसंग ४ ओटा अपार्टमेन्ट मागेको  तर सरकारले दुईवटा मात्र दिन मानेपछि यस्तो घटना भएको बताएकी छिन्।

प्रकाशित : शुक्रबार, साउन २३, २०७७०८:५१

दुई पाङ्ग्रे सवारी साधनमार्फत यात्रु बोक्न मिल्ने की नमिल्ने ?