सुशान्तको घटनामा आवाज उठाएकी यी अभिनेत्रीले उठाइन् यस्तो कदम !

बलिउडको फिल्म जगत र टेलिभिजन  इंडस्ट्रीको लागि २०२० निकै नराम्रो  साबित भएको छ । ऋषि कपूर, इरफान खान र सुशान्त सिंह राजपुतको   मृ-त्युपछि बलिउडमा मृ-त्यु हुने सिलसिला रोकिएको छैन। अहिले अभिनेत्री अनुपमा पाठकले  सु-साइड गरेको खबर आएको छ।  उनले थुप्रै  टिभी सिरियल र भोजपुरी फिल्ममा काम गरेकी थिइन्।

पुलिसको अनुसार अनुपमा मुम्बईको एक दहिसर चेक नाका स्थित  ठाकुर मलको नजिक एक बिल्डिंगमा बस्थिन्।  जिन्दगीबाट  दुखी भएर उनले आईतबार  राति झु-न्डि’एर आफ्नो प्राण त्यागेकी  थिइन्। घटना आईतबार भएको भएपनि संसारलाई यस मामिलाको बारेमा बिहिबार थाहा भएको थियो। सु-साइड गर्नुभन्दा पहिला उनले एक नोट छोडेकी थिइन र  फेसबुक लाइभ  पनि गरेकी थिइन्। पुलिसले नोटको  आधारमा जाँच सुरु गरेको छ।  पुलिस अनुसार अभिनेत्रीले सु-साइड गर्नुमा दुई कारण रहेको  बताएका छन्।

उनले  नोटमा पहिलो कारण बताउदै लेखेकी छन् कि लकडाउनको समयमा उनी आफ्नो घर गएकी थिइन्।  यसै क्रममा मनीष झा नामको व्यक्तिले उनको  स्कुटर लगेका थिए तर पछि त्यस व्यक्तिले स्कुटर फिर्ता दिएनन्।  दोश्रो कारण यो थियो कि उनले आफ्नो साथीहरुको कुरा   सुनेर एक कम्पनीमा १० हजार रुपैँया दिएकी थिइन्।  कम्पनीले डिसेम्बरमा व्याजसहित पैसा  दिने कुरा थियो तर दिएको थिएन।अनुपमा सोशल मीडियामा निकै सक्रिय रहेकी थिइन्।   साथै उनले सुशान्तको घटनामा पनि आवाज उठाएकी थिइन् ।

प्रकाशित : शुक्रबार, साउन २३, २०७७०९:५५

भदौ १ गतेदेखि विद्यालय सञ्चालन गर्ने तयारी अन्योलमा!