योग गर्ने व्यक्ति शरीर, दिमाग र आत्माले स्वस्थ हुन्छन्। हामी विभिन्न योगको अभ्यास गरेर आफ्नो शरीरलाई स्वस्थ राख्न सक्छौँ। योगका विभिन्न आसनहरू छन् जसले छालालाई सुन्दर बनाउन सक्छ। यी योगासनहरू नियमित रूपमा अभ्यास गर्ने हो भने, यसले अनुहारमा डण्डीफोर र चाउरीपना जस्ता समस्याहरूबाट राहत प्रदान गर्छ। यस्ता ३ योगासनहरूको छन् जुन प्रत्येक दिन २० मिनेट अभ्यास गर्यो भने सुन्दर अनुहारको सौन्दर्यलाई अझ बढाउन मद्दत गर्छ।
हलासन
तपाईंको पछाडिको भागको मद्दतले आफ्नो शरीर र हत्केला जमिनमा राख्नुहोस् र पेटको मांसपेशीहरूमा दबाब दिँदै खुट्टा ९० डिग्रीसम्म माथि उचाल्नुहोस्। अब तपाईंका हत्केलाहरूले भुइँमा थिच्नुहोस् र आफ्नो खुट्टा टाउ माथिबाट पछाडि लानुहोस्। त्यसपछि, खुट्टाले भुइँमा छुँन प्रयास गर्नुहोस्। र शरीरको मध्य र तल्लो भाग भुइँबाट उचाल्ने प्रयास गर्नुहोस्। अब आफ्नो क्षमता अनुसार छाती र चिउँडोलाई एक अर्कोको नजिक ल्याउने प्रयास गर्नुहोस्। १० सेकेन्डको लागि यो आसनमा रहनुहोस् र त्यसपछि बिस्तारै सास लिँदै छोड्दै गर्नुहोस्।
उष्ट्रासन
यो आसन गर्नको लागि घुँडा टेकेर भूईंमा बस्नुहोस् र आफ्नो हातहरू खुट्टामा राख्दै आफ्नो माथिल्लो शरीर पछाडि झुकाउनुहोस्। यो कुरा ध्यान राख्नुहोला कि तपाईंको कम्मर सीधा हुनुपर्छ र हातहरू सिधा हुनुपर्द। घाँटीलाई कुनै पनि किसिमले तनाब दिनुहुँदैन र केहि समय यहि आसनमा रहनुहोस्। र बिस्तारै सास लिँदै छोड्दै गर्नुहोस्।
वज्रासन
भूईंमा खुट्टाको कुँइनाको मद्दतले बस्ने प्रयास गर्नुहोस् र खुट्टाको औंलाहरु बाहिरतिर औंल्याउनुहोस्। त्यसपछि आफ्नो हात घुँडामाथि राख्नुहोस् र फिलाको मांसपेशीहरूमा दबाब दिनुहोस्। र आफ्नो खुट्टा एक अर्कासँग अलग गर्नुहोस् र आफ्नो शरीरलाई सिधा पारेर अगाडि हेर्नुहोस्। त्यसपछि,बिस्तारै सास लिँदै छोड्दै गर्नुहोस्।