तपाईंले प्रेम प्रस्ताव राख्ने धेरै तरिका देखेको र सुन्नु भएको छ होला । तर प्रस्ताव गर्ने तरीका विनाशकारी हुन सक्छ भनेर सायद नै सोच्नु भएको होला। एक जना व्यक्तिले आफ्नी प्रेमिकालाई प्रेम प्रस्ताव राख्न सम्पूर्ण घरलाई मैनबत्तीले सजाए, तर उनले आफ्नी प्रेमिकालाई प्रस्ताव राख्नु अघि नै घर खरानी भयो। उनको प्रस्ताव गर्ने तरिका खतरनाक साबित भयो।
वास्तवमा, एक बेलायती युवाले आफ्नी प्रेमिकालाई प्रस्ताव राख्न घरमा सयौं मैन बत्तीहरू बत्ती बाले साथै धेरै टी-लाइटहरू राखे, धेरै बेलुनले घर सजाए र टेबलमा रक्सीसहित गिलास पनि राखे। तर उनको यो योजना पूर्ण रूपमा चौपट भयो। जब उनले आफ्नी प्रेमिकालाई सर्प्राइज दिन भनेर आफ्नो घरमा लेराए, तब घरमा आगो लागेको थियो।
https://www.facebook.com/southyorkshirefire/posts/3104261682942346
साउथ योर्कशायर फायर एण्ड रेस्क्युका अनुसार उक्त व्यक्ति आफ्नो प्रेमिकालाई लिन गए, जो यो सुन्दर क्षणको लागि तयार भइरहेकी थिइन्। तर उनीहरु घर आइपुग्दा देखे कि त्यहाँ आगो थियो। टी-लाइटहरू र मैनबत्तीहरू नजिकै राख्दा, पूरै घरमा आगो लाग्यो।
साउथ योर्कशायर फायर एण्ड रेस्क्युले उक्त घरका तस्बिर फेसबुकमा साझा गरेको छ। यी चित्रहरु सामाजिक संजालमा भाइरल भएको छ। घरमा आगो लागेको कारण अन्य कुनै घरलाई भने कुनै पनि प्रकारको क्षति पुगेको छैन। यस घटनापछि पनि केटाले केटीलाई प्रस्ताव गर्यो र उनले विवाहको प्रस्ताव स्वीकार पनि गरिन्।