रोनाल्डोले तोडे ८० वर्ष पुरानो कीर्तिमान !

एजेन्सी – इटालियन च्याम्पियन युभेन्टसका पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले दुई गोल गरेपछि यूईएफए च्याम्पियन्स लिगको राउन्ड अफ १६ अन्तर्गत दोस्रो लेगमा लियोन २-१ ले पराजित भयो । तर पहिलो लेगमा १-० ले पराजित युभेन्टस समग्रमा अवे गोलको आधारमा प्रतियोगिताबाट बाहिरिन पुग्यो ।

रोनाल्डोले शुक्रबार २ गोल गर्दै क्लबको इतिहासमा नयाँ कीर्तिमान राखे । उनले सबै प्रतियोगितामा युभेन्टसका लागि ३७ गोल गरे । रोनाल्डोले क्लबको ८० वर्ष पुरानो कीर्तिमान आफ्नो नाम गरेका हुन् । सन् १९३३-३४ मा फेलिस बोरेलले ३६ गोल गर्दै क्लब कीर्तिमान राखेका थिए ।

रोनाल्डोले लियोनविरुद्ध गोल गर्दै अर्को दुर्लभ उपलब्धि समेत हासिल गरे । उनी तीन फरक क्लबको जर्सीमा खेल्दै एउटै टोलीविरुद्ध गोल गर्ने तेस्रो खेलाडी बने । रोनाल्डोले म्यानचेस्टर युनाइटेड र रियल म्याड्रिडबाट पनि लियोनविरुद्ध गोल गरेका थिए । यसअघि जोर्ग बटले युभेन्टस र रुड भान निस्टलरोयले बायर्न म्युनिखविरुद्ध गोल गर्दै यो उपलब्धि हासिल गरेका थिए ।

रोनाल्डोसन् २०१० पछि पहिलो पटक च्याम्पियन्स लिगको राउन्ड अफ १६ चरणबाट बाहीरिन पुगे । त्यसबेला रियल म्याड्रिड लियोनसँग नै पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो । उक्त खेलमा रोनाल्डोका हालका सहकर्मी मिरालेम प्यानिचले लियोनका लागि गोल गरेका थिए ।

प्रकाशित : शनिबार, साउन २४, २०७७०४:०६

यूईएफए च्याम्पियन्स लिग बाहिरिएपछि युभेन्टसद्वारा प्रशिक्षक सार्री बर्खास्त