काठमाडौँ – कोरोना भाइरसको संक्रमण जोखिम बढेसँगै निजी सवारी खरिदमा सर्वसाधारणको आकर्षण बढेको छ। सार्वजनिक यातायातमा यात्रा गर्दा कोरोनाको जोखिम हुने अवस्थाको शिर्जना भएसँगै निजी सवारी खरिदमा सर्वसाधारणको आकर्षण बढेर गएको हो।
अहिले सार्वजनिक सवारीसाधन कम सङ्ख्यामा चलेको र कतिपयमा सुरक्षाका उपाय अवलम्बन नगरेकाले पनि यात्रु निजीसवारीप्रति आकर्षित भएका हुन । कतिपय व्यक्ति नयाँ नै किन्ने त कतिपय व्यक्ति रिकन्डिसनमार्फत पूरानो मोटरसाइकल र स्कुटर किनिरहेका छन् । कतिपय बिक्रेताले किस्ताबन्दीमा नयाँ अफरसहित ग्राहकलाई आकर्षित गरेको पाइन्छ ।
यातायात व्यवस्था कार्यालयका अनुसार साउन १ देखि बिहीबारसम्म तीन हजार ६४१ दुई पाङ्ग्रे सवारीसाधन बिक्री भएको छ । असार महिनामा छ हजार ५६६ बिक्री भएको थियो । लामो समयसम्म बन्दाबन्दी भए पनि मोटरसाइकल र स्कुटरको खरिद बिक्री गत वर्षभन्दा कम नभएको कार्यालयका प्रमुख दीपककुमार पोखरेलले बताए ।
अहिले ग्राहकका रोजाईमा सस्ता तथा मध्यम मूल्यका मोटरसाइकलहरु परिरहेका छन्। नेपालमा विभिन्न ब्राण्डका मोटरसाइकल रहेकोमा सबै भन्दा सस्तो रनरको बाइक आरटी हो। उक्त मोटरसाइकलको मूल्य बजार मूल्य १ लाख ५२ हजार रुपैयाँ रहेको छ।
यस्तै नेपाली बजारमा पाइने सस्ता मोटरसाइकलहरु बारे केहि जानकारी निम्न छ –
बजाज
प्लाटिना १०२ सिसी– रु १,७६,९००
डिस्कभर १२५ सिसी (ड्रम)– रु १,८९,९००
डिस्कभर १२५ सिसी (डिस्क)– रु १,९६,९००
यमाह
सलुटो १२५ सिसी– रु २,०५,९००
रनर
बाइक आरटी ८० सिसी– रु १,५२,०००
एडी ८० डिलक्स ८० सिसी– रु १,६५,०००
चेत १०० सिसी– रु १,६९,०००
काइट प्लस ११० सिसी– रु १,८९,०००
रोयल प्लस ११० सिसी– रु १,८९,०००
बुलेट १२५ सिसी– रु १,९५,०००
हिरो
हिरो एचएफ १०० सिसी– रु १,६६,५००
सुपर स्प्लेन्डर प्लस १०० सिसी– रु १,७७,५००
सुपर स्प्लेन्डर आई स्मार्ट ११० सिसी– रु १,८३,५००
सुपर स्प्लेन्डर १२५ सिसी– रु १,९६,०००
सुपर स्प्लेन्डर आइबिएस १२५ सिसी– रु १,९८,०००
टिभिएस
टिभिएस रेडन ११० सिसी– रु १,८५,९००
टिभिएस स्टाइकर १२५ सिसी– रु १,९६,९००
टिभिएस स्टाइकर रिफेस १२५ सिसी– रु १,९९, ९००
सुजुकी
सुजुकी हायाते ११३ सिसी– रु १,८५,९००
होन्डा
होन्डा सिबी साइन डिआरएस १२५ सिसी– रु २,०९,९००
होन्डा सिबी साइन डिएसएस १२५ सिसी– रु २,१९,९००