बिल गेट्सका कारण यति सस्तो मूल्यमा नेपालले पाउने भयो कोरोनाको भ्याक्सिन ! [मूल्य सहित]

काठमाडौँ – बेलायतको अक्सफोर्ड विश्वविद्यालयले निर्माण गरिरहेको कोरोना भाइरस संक्रमणको भ्याक्सिनको प्रतिडोज ३ डलर मात्र पर्ने भएको छ। अन्तराष्ट्रिय संचार माध्यमहरुका अनुसार भारतको पुणेस्थित सिरम इन्स्टिच्युटले भारत तथा निम्न र मध्यम आय भएका देशहरुको लागि मात्रै ३ डलर निर्धारण गरेको छ। यस अर्थमा नेपालमा उक्त खोपको मूल्य प्रति डोज करिब ३ सय ६० पर्नेछ।

अर्बपती धनाड्य बिल गेट्सले सहयोग गर्ने भएसँगै निम्न र मध्यम आय भएका देशहरुले यस रकममा भ्याक्सिन पाउने भएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन्।

बिल एण्ड मेलिण्डा गेट्स फाउण्डेशनले ग्लोबल एलायन्स फर भ्याक्सिन एण्ड इम्युनाइजेशन (गाभी) लाई १५ करोड डलर (झण्डै १८ अर्ब नेपाली रुपैयाँ) उपलब्ध गराउने भएको छ। उक्त रकम सिरम इनिस्टच्युटलाई उपलब्ध गराइने र त्यसले भ्याक्सिनको मूल्य घटाउने बताइएको छ।

अक्सफोर्ड विश्वविद्यालयले निर्माण गरिरहेको कोरोना भाइरस संक्रमणको भ्याक्सिन नेपाल सहित कोभ्याक्स एलायन्स अन्तर्गतका ९२ देशहरुले सस्तोमा पाउनेछन्। सिरम इन्स्टिच्युटले यसको लागि शुक्रबार गाभी र बिल एण्ड मेलिण्डा गेट्स फाउण्डेशनसँग सम्झौता गरिसकेको जनाइएको छ।

यस अगाडी अर्बपती धनाड्य बिल गेट्सले कोभिड १९ को खोप बनेपछि अत्यावश्यक देशहरुलाई उपलब्ध हुनुपर्ने बताउँदै आएका थिए। खोप धेरै रकम तिर्नेहरुका लागि भन्दा पनि खोपको आवश्यक भएका देश र नागरिकलाई वितरण गर्नुपर्ने उनको भनाई रहने गरेको थियो ।

विश्वभर फैलिएको कोरोना भाइरस संक्रमण बारे अहिले विश्वका विभिन्न देशहरुमा अनुसन्धान भइरहेका छन्। जसमध्ये धेरै देशले अहिले कोरोना विरुद्धको खोप निर्माणमा लगानी गरिरहेका छन्। अमेरिका, युरोप तथा चीनमा निर्माण भइरहेको खोपले सकारात्मक नतिजा देखाइरहेका छन्।

प्रकाशित : शनिबार, साउन २४, २०७७०९:२२

भारतमा एकैदिनमा ६१ हजार ५०० भन्दा बढी सङ्क्रमित