काठमाण्डौं, कहिले काँहि सुतेको बेला विउँझिईन्छ । अनि निकै बेर सम्म निन्द्रा लाग्दैन । त्यो बेला कोही चुरोट पिउँछन, कोही कफी बनाएर खान्छन अथवा केहि यस्तै गर्छन । सुतेर मध्यराती विउँझिनुभयो र यदि तपाई फेरी पनि निदाउन चाहनुहुन्छ भने विउँझेको समयमा गर्न नहुने यि काम प्रस्तुत गरेका छौं ।
– चुरोट नपिउनुस्
निकोटिनले केहि समयमा सम्म निन्द्र भगाउने भएकाले मध्यरातमा विउँझेको बेला चुरोट नपिउनुस् ।
– रक्सी नपिउनुस्
गहिरो निन्द्रा लगाउन भनि रक्सी पिउने बानी खराब हो । यदि तपाईले मध्यरातमा विउँझेर रक्सी पिउनुभयो भने भोली दिनभर त्यसको खराब असर रहन्छ ।
– कफी पनि नपिउनुस्
कफीले पनि केहि घण्टाका लागि निन्द्रा भगाउने भएकाले मध्यरातमा विउँझेपछि फेरी पनि सुत्नु छ तर निन्द्रा लागेन भने कफी नपिउनुस् ।
– कामको बारेमा पनि नसोच्नुस्
यदि तपाईलाई फेरी पनि निदाउनु छ भने मध्यरातमा विउँझेको समयमा कामको बारेमा सोच्ने बानी खराब बानी हो ।
– खानेकुरा पनि नखानुस्
राती विउँझिएपछि खाना खाएर फेरी नि सुत्नै नै हो भने खाने कुरा नखाएको राम्रो किनकी यसले मोटोपन बढाउन सक्छ ।
– टिभी पनि नहेर्नुस्
टिभीले निन्द्रा झन् खराब गरिदिन्छ ।