के तपाईलाई यी तस्वीर देख्दा डर र घीन लाग्छ ? त्यसो भए तपाईलाई यस्तो रोग लागेको हुन सक्छ !

एजेन्सी – हरेक व्यक्तिलाई कुनै न कुनै कुराको डर हुन्छ। डर लाग्ने विषयवस्तु अथवा अवस्था मानिस अनुसार फरक हुन सक्छ। कसैलाई धेरै उचाईदेखि डर लाग्छ, कसैलाई पानि देखि डर लाग्छ त कसैलाई साना किरा देख्दा मात्रैमा पनि डर लाग्न सक्छ।

कुनै कुराबाट लगातार डराउनुलाई वैज्ञानिकहरुले फोबियाको नाम दिएका छन्। पानिको डरलाई हाइड्रोफोबिया, उचाईको डरलाई एक्रोफोबिया जस्ता नामकरण गरिएको लगभग धेरैलाई थाहा हुन सक्छ।

यस्तै फोबिया मध्ये एक रहेको ट्राइपोफोबिया। यस बारे धेरैलाई थाहा नहुन सक्छ। सानो प्वाल वा विचित्रको पैटर्न देखेर लाग्ने डरलाई ट्राइपोफोबिया भनिन्छ।

सामाजिक संजालमा सबै भन्दा चर्चा भैरहेको फोबिया मध्ये ट्राइपोफोबिया शिर्ष स्थानमा आउने गर्छ। सामाजिक संजालमा अजिव लाग्ने तस्विरहरु एक समयमा भाइरल नै भएको थियो।

विज्ञहरुका अनुसार ट्राइपोफोबिया कुनै रोग भने होइन। ट्राइपोफोबिया एक मनोवैज्ञानिक अवस्था मात्रै हो। अजिव लाग्ने सानो प्वाल वा विचित्रको पैटर्न देख्दा दिमाख भित्र हुने हलचलले पैदा गर्दा डर लाग्ने हुन्छ। जसलाई ट्राइपोफोबिया भनिन्छ।

केहि समय अगाडी मात्र गरिएको एक अनुसन्धानको क्रममा ट्राइपोफोबिया अत्याधिक मानसिक तनावबाट गुज्रिएकाहरुलाई मात्र हुने पनि खुलेको थियो। ट्राइपोफोबियाले दिमाख र शरीरलाई असर गर्दै-नगर्ने विज्ञहरु बताउँछन्।

तस्विरमा देखिएको जस्तै अवस्था आफ्नो भयो भने के हुन्छ भन्दै परिकल्पना गर्ने व्यक्तिलाई मात्र ट्राइपोफोबिया हुन सक्छ। यस्ता अजिव प्वाल र पैटर्नलाई नजरअन्दाज गर्नेलाई भने ट्राइपोफोबिया हुँदैन।

हुन त डरलाई समेत विज्ञहरुले मानसिक भ्रमको रुपमा परिभाषित गर्छन्। यस अर्थमा ट्राइपोफोबियालाई पनि मानसिक भ्रम मात्र हो भन्न पनि सकिन्छ।

प्रकाशित : शनिबार, साउन २४, २०७७१२:३०

यस्ता केही चिजहरु, जस्लाई हामीले जीवनभर सधैँ गलत रुपले नै प्रयोग गर्यौं र गरिरहेका छौं !