प्रचण्ड आइसोलेसनमा !

काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आइसोलेसनमा बसेका छन् । दाहाल ललितपुरको खुमलटारस्थित आफ्नै निवासमा आइसोलेसनमा बसेका हुन्।


आफू रहने निवासको बाहिरी घेरामा खटिएका ६ जना सुरक्षाकर्मीलाई कोरोना संक्रमणको पुष्टि भएपछि प्रचण्ड आइसोलेसनमा बसेका बुझिएको छ।

केहि दिन अगाडी ललितपुर खुमलटारस्थित अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवासको बाहिरी घेरामा खटिएका ६ जना सुरक्षाकर्मीलाई कोरोना संक्रमणको पुष्टि भएको थियो। तर, दाहाल परिवारका कुनै पनि सदस्यमा भने कोरोना देखिएको थिएन।

उनले आन्तरिक र बाह्य भेटघाट बन्द गरेका छन् । दाहाल एक हप्ता सम्म आइसोलेसनमा बस्ने बस्नेछन्। यधपी प्रचण्डले शनिबार भने नेकपाका तीन नेताहरुसँग भेटघाट गरेका थिए।

नेकपा भित्र विवाद चलिरहेका बेला शनिबार प्रचण्डले ओली निकट संसदीय दलका उपनेता सुवास नेम्वाड, महासचिव विष्णु पौडेल र स्थायी समिति सदस्य शंकर पोखरेलसँग भेटघाट गरेका थिए।

प्रकाशित : आइतबार, साउन २५, २०७७०२:५०

बुद्धमा भारतको दाबि: भारतीय विदेशमन्त्रीले भने – ‘बुद्ध महान् भारतीय हुन्’