१९ दिन पछि पहिलो पटक घट्यो सुनको मूल्य !

काठमाडौँ – साउनको पहिलो हप्ता देखि कुनै पनि दिन नघटेको सुनको मूल्य आज घटेको छ। साउन ५ गते एक दिन घटेपछि लगातार बढिरहेको सुनको मूल्य आज घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ९ सय रुपैंयाले घटेको छ। जससँगै छापावाला सुनको मूल्य प्रतितोला १ लाख २ हजार ६ सय रुपैंया कायम भएको छ।

केहि महिना देखि लगातार बढिरहेको सुनको मूल्यले नयाँ-नयाँ रेकर्ड बनाउँदै आएको छ। नेपाली बजारमा सुनको मूल्य शुक्रबार हाल सम्मकै उच्च विन्दुमा पुगेको थियो। त्यस दिन सुन प्रतितोला १ लाख ३ हजार ५ सयमा करिबार भएको थियो।

आज तेजाबी सुनको मूल्य पनि ९ सय रुपैंयाले घटेको छ। आज तेजाबी सुन प्रतितोला ९२ हजार १ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यस्तै शुक्रबारको तुलनामा चाँदीको मूल्य भने आज बढेको छ। प्रतितोलामा ५ रुपैंयाले बढ्द चाँदीको मूल्य १ हजार ४ सय १० पुगेको छ।

अन्तर्राष्ट्रिय बजारमा नै सुनको मूल्य लगातार बढिरहेका बेला केहि घटेसँगै नेपालमा पनि सुनको मूल्य केहि घटेको महासङ्घले जनाएको छ ।

प्रकाशित : आइतबार, साउन २५, २०७७०५:१८

ग्लोबल आइएमई बैंकका कर्मचारीमा कोरोना, विभिन्न लक्षण पनि देखिए !