जेसिन्डा आर्डन हाल संसारका सबैभन्दा प्रिय नेताहरू मध्ये एक हुन्। गत वर्ष न्युजील्याण्डको मस्जिदमा भएको ह-मलालाई सम्हान्ले तरिका होस् वा कोरोना महामारीको क्रममा देशको नेतृत्व गर्ने तरिका, आर्डन एक उदाहरण बनेकी छिन्।
अहिले पनि उनको एक भिडियो भाइरल भइरहेको छ। आजको समयमा कतिपय देशका नेता आफ्नो धर्मको धार्मिक ठाउँ बाहेक अरु धर्मका ठाउँमा जान हिच्किछाउँछन्। तर, उनी भनि हिन्दूहरुको धार्मिक स्थल मन्दीर पुगेकी छिन्। रिपोर्टका अनुसार भिडियोमा उनी कृष्ण मन्दिरमा दर्शन गर्न पुगेकी छिन्। भिडियोमा देख्न सकिन्छ कि उनी गाडीबाट ओर्लिएर मन्दिर भित्र आफ्नो जुत्ता खोलेर पस्छिन्,जुन हिन्दू धर्म मान्नेहरुले मन्दिर पस्दा गर्ने गर्छन्। उनी मन्दिर भित्र रहेका पुजारी र अन्य मानिसलाई आदरपूर्वक नमस्ते गरि सम्मान गर्छिन्।
जसिंडा मन्दिरमा प्रवेश गर्दा ठूलो आवाजमा शंख बज्छ र एक पुजारीले संस्कृतमा मन्त्रहरू उच्चारण गर्दै केही अनुष्ठान गर्दन्। उनी आफ्ना हातहरू जोडेर अनुग्रहमा, सद्गुण र धैर्यताका साथ उभिन्छिन्। पुजारीले उनलाई पवित्र पोशाक पहिराउँछन् जुन उनी स्वीकार्न विनम्र भई झुक्छिन्।
Delight to see New Zealand Prime minister @jacindaardern visited Radha Krishna Temple in Auckland. Jai Shri Krishna And Jai Shri Ram. @NZinIndia @IndiainNZ @APNU_GUJARAT_NZ #JacindaArdern #JaiShriRam #JaiSiyaRam #JaiShriKrishna pic.twitter.com/yprxhXNjQP
— ketan joshi (@KetJoshiEditor) August 7, 2020
Prime Minister of New Zealand @jacindaardern visited the "Radha Krishna Mandir" in Auckland, offered prayers while the priest recited Sanskrit shlokas.
Celebrating diversity.#RadhaKrishnaMandir #Temple#NewZealand #Auckland pic.twitter.com/WmbtCY5873
— Geeta Mohan گیتا موہن गीता मोहन (@Geeta_Mohan) August 7, 2020
अहिले उक्त भिडियो भाइरल भएको छ र मानिसहरूले जसिंडा आर्र्डनलाई सबै धर्महरूको सम्मान गर्ने नेता भनेर प्रसम्सा प्रशंसा गरिरहेका छन्। सबै धर्मलाई आदर गर्ने र अरु पनि थुप्रै विशेषताले उनीले अहिले विश्वभरका मानिसको मन जितेकी छिन्।