कुन राशिको लागि कस्तो रहला यो हप्ता ? हेर्नुहोस् साप्ताहिक राशिफल !

मेष राशि 

तपाईंले यस हप्ता मिश्रित परिणामहरू प्राप्त गर्नुहुनेछ। अभिभावकको भरपूर सहयोग प्राप्त गर्नुहुनेछ। अत्याधिक खर्च हुनाले भविष्यमा वित्तीय संकटको सम्भावना रहनेछ। विपरीत लिंग प्रति आकर्षण बढ्नेछ। परिवारको सहयोगले धान कमाउने सम्भावना रहेको छ। प्रेम सम्बन्धका लागि समय उत्तम छ। साथै, विवाहितहरू पनि आफ्नो जीवन आनन्दमय रूपले बिताउने छन्।

वृष राशि 

यस राशिको लागि यो हप्ता निकै शुभ रहनेछ। सरकारी क्षेत्रबाट विशेष लाभ प्राप्त हुने सम्भावना रहेको छ। नयाँ कार्य पनि यो हप्ता सुरु गर्न सक्नुहुनेछ। विद्यार्थी वर्गको लागि पनि समय अत्यन्त शुभ रहेको छ।  कुनै पनि प्रकारको प्रतिस्पर्धामा  सफलताको सम्भावना बढी रहनेछ। नव दम्पतिको लागि सन्तान प्राप्तिको योग रहेको छ।

मिथुन राशि 

मिथुन राशिको लागि आर्थिक रूपले यो हप्ता उत्तम रहने देखिन्छ। परिवारको वातावरण पनि सुख-शान्तिमय हुनेछ। व्यापार व्यवसायमा नयाँ अवसर मिल्ने सम्भावाना रहेको छ। स्वास्थ्यको हिसाबले भने समय अलि कष्टदायी हुनसक्छ। पेट र आँखा संक्रमणबाट आफूलाई जोगाउनुहोस्। प्रेम मामिलाहरूको लागि समय सामान्य भन्दा राम्रो रहनेछ।

कर्कट राशि 

यस हप्ता तपाईंको लागि शुभ रहनेछ। भाग्य वृद्धि हुनेछ। कार्यहरु सरलतापूर्वक सफल हुने देखिन्छ। कार्यक्षेत्र सम्बन्धि यात्राको योग बन्नेछ जसले लाभ प्राप्त हुने सम्भावना रहेको छ। भाई-बहिनीसँगको सम्बन्धमा सुधार आउनेछ। खर्चमा वृद्धि हुनाले आर्थिक पक्ष कमजोर रहनेछ। अनावश्यक खर्च हुने सम्भावना रहेको छ। प्रेम सम्बन्धको लागि समय अनुकूल रहनेछ।

सिंह राशि 

वैदेशिक शिक्षाको क्षेत्रमा रहेका मानिसको लागि यो हप्ता अत्यन्त शुभ रहेको छ। घरमा मांगलिक कार्यको आयोजना हुने सम्भावना रहेको छ। धर्म-कर्ममा विशेष रुचि बढ्नेछ। बुवाको स्वास्थ्यमा समस्या आउन सक्छ, विशेष ख्याल राख्नुहोला। साथै आफ्नो स्वास्थ्यमा पनि समस्या आउन सक्छ। प्रेम मामलाको लागि भने समय अलि प्रतिकूल रहने देखिन्छ।

कन्या राशि 

यो हप्ता कन्या राशि हुने मानिसले सावधान रहन जरूरी देखिन्छ। क्रोध तथा वाणीको कारण समस्या आउन सक्ने हुँदा बोलीमा ध्यान दिनुहोला। अनावश्यक वाद-विवादमा पर्न सकिन्छ, सतर्क रहनुहोला। आर्थिक समस्याको सामना गर्नु पर्ने देखिन्छ। कार्यक्षेत्रमा सहकर्मीसँग मनमुटावको अवस्था आउन सक्छ। व्यापार व्यवसायमा पनि समय अनुकूल देखिदैन। प्रेम र रोमान्सका लागि भने समय उत्तम रहेको छ।

तुला राशि 

कार्यक्षेत्रमा विशेष सफलता प्राप्त हुने सम्भावना रहेको छ। आयको स्रोत बढ्नेछ। रोजगारको खोजिमा रहेका मानिसलाई पनि सफलता प्राप्त हुनेछ। पदोन्नतीको योग रहेको छ। सहकर्मीसँगको सम्बन्धमा सुधार आउनेछ। व्यपार व्यवसायमा बिस्तार होला। शारीरिक थकान र मानसिक तनाबको महशुस हुनेछ। प्रेम सम्बन्धको लागि पनि समय अनुकूल रहनेछ।

वृश्चिक राशि 

कार्यक्षेत्रमा सहकर्मीसँग मनमुटावको अवस्था सिर्जना हुनसक्छ। शत्रुले हानि पुर्याउन सक्ने हुँदा सतर्क रहनुहोला। उच्च पदाधिकारी तपाईंसँग प्रशन्न रहनेछन्। पदोन्नतीको योग रहेको छ। आर्थिक लाभ प्राप्त हुने सम्भावना रहेको छ। तपाईंको उर्जा तथा मनोबलमा वृद्धि हुनेछ। प्रेम सम्बन्धका लागि पूरै हप्ता सामान्य रहनेछ।

धनु राशि 

यो हप्ता तपाईंको लागि सामान्य रहनेछ। उर्जा तथा आत्मबल उच्च रहनेछ। तपाईंको साहस तथा पराक्रममा पनि वृद्धि हुनेछ। कार्यक्षेत्रम नयाँ अवसर मिल्नेछ। पारिवारिक जीवन सुख-शान्तिमय रूपले बित्नेछ। स्वास्थ्यमा समस्या देखा पर्न सक्छ। दाम्पत्य जीवन सुखमय रहनेछ। प्रेम मामलाको लागि समय निकै उत्तम रहेको छ।

मकर राशि 

तपाईंको लागि यो हप्ता अनुकूल रहनेछ। आत्मविश्वास र कार्य क्षमतामा वृद्धि हुनेछ। पदोन्नतिको योग रहेको छ। आकस्मिक धन लाभ हुने सम्भावना रहेको छ। स्वास्थ्यमा सुधार आउनेछ। पारिवारिक जीवन आनन्दमय रूपले बित्नेछ। हप्ताको अन्त्यमा भने समय केहि प्रतिकूल होला। प्रेम र रोमान्सका लागि भने समय उत्तम रहेको छ।

कुम्भ राशि 

कार्यक्षेत्रमा विशेष लाभ प्राप्त हुने सम्भावना छ, साथै नयाँ अवसर मिल्नेछ। सन्तान सम्बन्धि चिन्ता दूर हुनेछ। दाम्पत्य जीवनमा सुमधुरता छाउनेछ। विद्यार्थी वर्गको लागि समय अनुकूल छ। नयाँ कार्य सुरु गर्नको लागि यो हप्ता शुभ छैन। प्रेम मामलामा पनि यो हप्ता केहि समस्या आउनसक्छ।

मीन राशि 

आर्थिक लेन-देनको कार्यको लागि यो हप्ता निकै उत्तम रहेको छ। आर्थिक लाभ प्राप्त हुने सम्भावना रहेकोछ। कार्यक्षेत्रमा उच्च पदाधिकारी तपाईंसँग प्रशन्न रहनेछन्। पदोन्नतीको योग रहेको छ। दाम्पत्य जीवन पनि सफल हुनेछ। परिवारमा सुखमय वातावरण कायम रहनेछ। स्वास्थ्यमा समस्या आउनसक्छ, ध्यान दिनुहोला। प्रेम मामलामा समय अनुकूल रहने देखिन्छ।

प्रकाशित : आइतबार, साउन २५, २०७७१२:५०

आज श्रीकृष्ण जन्माष्टमी, यी राशिलाई धेरै शुभ !