रिया चक्रवर्तीको यस्तो सत्यता जुन कमैलाई थाहा होला, कति छ कमाई?

सुशान्त  सिंह राजपूतको  नाम  रिया चक्रवर्तीसँग  जति जोडियो  त्यति रियाको बारेमा कमैलाई थाहा नहोला । सुशान्तसँग सम्बन्धमा आएपछि उनको जीवनमा परिवर्तन आएको थियो। रियाको  पर्सनल र प्रोफेशनल लाइफको बारेमा कमैलाई थाहा छ। सुशान्तको पिता   केके सिंह द्वारा लगाइएको आरोपपछि रियाको चर्चा   धेरै भएको छ  । रिया पछिल्लो एक वर्षदेखि सुशान्तसँग  लिव इनमा थिइन् । आरोपको जाँच  सीबीआईले गरिरहेको छ , सुशान्तको मृत्युपछि रिया चक्रवर्तीलाई शंका  गरिएको छ । रिया  चक्रवर्तीको जन्म १ जुलाई १९९२ मा बेंगलुरुमा भएको थियो । उनको पिताको नाम  इंद्रजीत चक्रवर्ती हो र आमाको नाम  संध्या चक्रवर्ती हो । रियाका  पिता आर्मीमा डाक्टर हुन् , जबकि उनको आमा हाउसवाइफ़ हुन् । रियाको एक भाई पनि छ, जसको  नाम शोविक चक्रवर्ती हो । रियाको  पिता बंगाली र आमा  कोंकणी हुन् ।

रिया चक्रवर्तीले आफ्नो  स्कूलिंग अंबाला कैंटको  आर्मी पब्लिक स्कूलबाट गरेकी थिइन्। त्यसपछि उनले आफ्नो एडमिशन इंजीनियरिंगमा   गरेकी थिइन् तर अभिनय तर्फ करियर बनाउनको लागि रियाले  इंजीनियरिंग छोडेकी थिइन्। त्यसपछि  रियाले  एमटीवीको  रियलिटी शो ‘टीन दीवा’ मा आफ्नी इन्ट्री लिइन् । यस शोमा फर्स्ट रनर अप पनि भईन । त्यसपछि  रियाले   दिल्लीमा  एमटीवीको भिडियो जकी बन्नको लागि अडिशन दिईन् र उनी सेलेक्ट भईन् । वीजे रहेर ‘एमटीवी वास्सअप’, ‘कलेज बीट’ र ‘एमटीवी गन इन ६०  सेकंड्स’ होस्ट गरिन् र बलिउड तर्फ कदम बढाईन्  ।

रियाले आफ्नो करियरको सुरुवार २०१० मा गरेकी थिइन्। उनले फिल्म ‘बैंड बाजा बारात’ मा  मुख्य भूमिकाको लागि अडिशन दिएकी  थिइन् तर रिजेक्ट भईन्। बलिउडमा नभई उनलाई पहिलो ब्रेक टलीउडमा मिलेको थियो। रियालाई २०१३ सालमा फिल्म ”मेरे डैड की मारुति” मा  जसलीनको रोल मिलेको थियो। २०१४ सालमा रियाको तेस्रो फिल्म   ”सोनाली केबल” आएको थियो । २०१७ सालमा उनि  फिल्म ‘हाफ गर्लफ्रेंड’ र ‘दोबारा: सी योर ईविल’, ‘आई बैंक चोर’ मा देखिएकी थिइन् । २०१८ सालमा आएको फिल्म  जलेबी  रियालाई मुख्य भूमिकामा देखिएको थियो तर यो फिल्म फ्लप भएको थियो।  अघिल्लो २ वर्षको  आईटीआरमा हेर्दा उनको वर्षभरिको  कमाई १०-१५ लाख रहेको थियो । तर उनीसँग मुम्बईमा करोडौँको प्रोपर्टी रहेको छ। सुशान्तको पिताको आरोपपछि रियालाई यस बारेमा सोधपुछ गरिनेछ।

प्रकाशित : आइतबार, साउन २५, २०७७१३:१६

नाति-नातिना नहुनुको दोष बुहारी माथि लगाउँथे, तर छोरामा देखियो कमजोरी ! [भिडियो सहित]