यशुको नाम लिए कोरोना लाग्दैन भन्थे, कोरोनाले नै लियो ज्यान !

काठमाडौँ – पोखरामा कोरोना भाइरस (कोभिड–१९) का कारण ज्यान गुमाएका एक व्यक्तिको अ-न्त्येष्टि गरिएको छ । आइतबार दिउँसो निधन भएको करिब १५ घण्टापछि एक व्यक्तिको अ-न्त्येष्टि गरिएको हो।

शनिबार ज्यान गुमाएका ६२ वर्षीय पुरुषको पहिलेकै स्थान पहिचान गरिसकेपछि नेपाली सेनाको सहयोगमा श-व अ-न्त्येष्टि गरिएको पोखरा महानगर स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्मा पौडेलले बताए।

पौडेलका अनुसार यस अगाडी पोखरामा ज्यान गुमाएका स्याङ्जाका दोस्रो संक्रमितको श-व व्यवस्थापन गरिएकै ठाउँमा ६२ वर्षीय पुरुषको पनि श-व गाडिएको हो। यस् भन्दा अगाडी श-व व्यवस्थापन गर्ने क्रममा प्रशासन र स्थानीयबीच विवाद उत्पन्न भएपछि यसपटक भने स्थानीयहरुले कुनै अवरोध खडा गरेनन्।

ज्यान गुमाउने पुरुष पोखरा १९का थिए भने उनी मधुमेह रोगबाट ग्रसित थिए । उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत कोभिड–१९ उपचार केन्द्रमा गएराति ११ बजेर ३५ मिनेटमा ज्यान गएको स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्मा पौडेलले बताए। गत साउन १७ मा अस्पताल पुर्याइएका उनको आईसीयूमा उपचार भइरहेको थियो ।

स्थानीय सर्वसाधारणहरुका अनुसार उनी यशू ख्रीष्टको नाम लिए कोरोना लाग्दैन भन्ने गर्थे। यहि विश्वासमा उनी आफ्नो निवासमा सर्वसाधारण बोलाएर प्रार्थना गर्ने गरेको स्थानीय सर्वसाधारणहरुको भनाई छ।

प्रकाशित : आइतबार, साउन २५, २०७७१३:२६

आज सबै भन्दा धेरै संक्रमित काठमाडौँमा भेटिए !