प्रहरी हेडक्वार्टरमा कार्यरत प्रहरीको परिवारमा कोरोना, २२ महिने बालक पनि संक्रमित !

सांकेतिक तस्विर

काठमाडौँ – भक्तपुरमा एकै परिवारका तीन जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ। भक्तपुरको सुर्यबिनायक नगरपालिकास्थित सिपाडोलमा २२ महिने बालकसहित एकै परिवारका तीन जनामा कोरोनाको पुष्टि भएको हो।

प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत प्रहरी जवानको परिवारमा कोरोना देखिएको स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारले बताएका छन्।

उनका अनुसार प्रहरी जवानलाई गत श्रावण १९ गते कोरोना संक्रमण पुष्टि भएको थियो भने उनका २८ वर्षीया श्रीमती र २२ महिने बालकलाई समेत कोरोना देखिएको हो। प्रहरी जवानकी श्रीमती र छोरालाई प्रहरी जवानबाट कोरोना सरेको हुन सक्ने अनुमान गरिएको छ।

बालकको हात भाँचिएपछि उपचारको लागि सिद्धीस्मृती अस्पताल लगेकोमा थप उपचारको लागि सल्लाघारी स्थित डा इवामुरा मेमोरियल अस्पताल लगिएको र उपचार अगाडी स्वाब संकलन गरेर परीक्षण गर्दा कोरोनाको पुष्टि भएको बताइएको छ।

कोरोना पुष्टि भएका आमा-छोरालाई काठमाडौंको नेपाल प्रहरी अस्पताल पठाइएको छ। प्रहरी जवानको भने भक्तपुरको दुवाकोटमा रहेको केएमसी अस्पतालमा उपचार भइरहेको छ।

प्रकाशित : सोमबार, साउन २६, २०७७०६:२३

साँगा नाकामा कडाइ: अत्यावश्यक सवारी बाहेक सबैलाई उपत्यका प्रवेश रोक !