किराना पसलबाट कोरोना फैलियो, कोटेश्वरको एक टोल सिल !

काठमाडौँ – काठमाडौं महानगरपालिका-३२ कोटेश्वरस्थित असर्फी टोल सिल गरिएको छ। दर्जन भन्दा बढी व्यक्तिमा कोरोनाको पुष्टि भएसँगै असर्फी टोल सिल गरिएको हो।

आइतबार १३ जनामा कोरोना पुष्टि भएको र टोलमा संक्रमित संख्या १७ पुगेको वडा सदस्य हिरादेवी पोखरेलले बताइन्। उनका अनुसार साउन १८ गते किराना पसल सञ्चालक चार जनामा कोरोना पुष्टि भएको थियो भने त्यसपछि आसपासका घरमा बस्नेको स्वाब संकलन गरी पिसिआर परीक्षण गर्दा थप १३ जनामा कोरोनाको पुष्टि भएको हो।

एक सय ४० जनाको स्वाब संकलन गरी पिसिआर परीक्षणका लागि पठाइएकोमा पूरै रिपोर्ट आउन बाँकि रहेको उनको भनाई छ। संक्रमित संख्या अझ बढ्ने अनुमान गरिएको छ। टोलमा कोरोना नफैलियोस् भनेर एउटा गल्लिनै सिल गरिएको उनले बताइन्।

कोरोना पुष्टि हुनेहरुमा अधिकांश मानिस कोठा भाडामा लिएर बस्नेहरू छन्। संक्रमित मध्ये १० जनालाई कीर्तिपुर र टेकुस्थित अस्पतालमा आइसोलेसनमा राखिएको छ भने तीन जनालाई भने घरमै आइसोलसनमा राखिएको छ।

प्रकाशित : सोमबार, साउन २६, २०७७०७:२८

मास्क प्रयोग नगर्ने चार लाख व्यक्ति कारबाहीमा