काठमाडौँ – पूर्वप्रधानमन्त्री तथा प्रतिनिधिसभा सदस्य बाबुराम भट्टराईले जनता होशियार हुनुपर्ने बताएका छन्। वर्तमान सरकारले धर्म र राष्ट्रवादको कुरा निकालेर जनता लठ्याउने कार्य गरिरहेको भन्दै भट्टराईले होशियार हुन सबैलाई आग्रह गरेका हुन्।
प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले भगवान रामको जन्म नेपालको चितवन स्थित अयोध्यापुरीमा भएको बताएसँगै भारतले भगवान बुद्ध भारतीय भएको बताएपछि बाबुरामको यस्तो प्रतिक्रिया आएको हो।
“छट्टुुस्याल चील आयो भनेर कराउँथ्यो ; गाउँले आकाशतिर हेर्न थालेपछि भूइँबाट कुखुरा चोरेर भाग्थ्यो ! यताकाले राम यतै जन्मेका हुन भनेर चिच्याए, उताकाले बुद्ध उतै जन्मेका हुन् भनेर फर्काए ।”,भट्टराईले ट्वीट गर्दै भनेका छन्। धर्म र राष्ट्रवादको ककटेलले केही महिना जनता लठ्ठिने भन्दै उनले होशियार हुन आह्वान गरेका छन्।
“अब यो धर्म र राष्ट्रवादको ककटेलले केही महिना जनता लठ्ठिने भए।छट्टुु स्यालले के के चोर्ने हुन्!होशियार!”,भट्टराईले ट्वीटरमा भनेका छन्।
छट्टुुस्याल चील आयो भनेर कराउँथ्यो;गाउँले आकाशतिर हेर्न थालेपछि भूइँबाट कुखुरा चोरेर भाग्थ्यो!यताकाले राम यतै जन्मेका हुन भनेर चिच्याए,उताकाले बुद्ध उतै जन्मेका हुन् भनेर फर्काए।अब यो धर्म र राष्ट्रवादको ककटेलले केही महिना जनता लठ्ठिने भए।छट्टुु स्यालले के के चोर्ने हुन्!होशियार!
— Baburam Bhattarai (@brb1954) August 9, 2020