मुखको उचित सफाइ गर्नाले धेरै बिमारीबाट बच्न सकिन्छ। मुखको सफाइको लागि दाँत माझ्नु मात्र पर्याप्त हुँदैन। दाँत माझ्दा तपाईंको दाँतमा रहेका केहि फोहरको मात्र सफाइ हुन्छ। मुखको उचित सफाइको लागि माउथवाशको प्रयोग गर्नु पनि महत्वपूर्ण हुन्छ। तपाईंले आफ्नै घरमा पनि माउथवाश तयार गर्न सक्नुहुन्छ।
बेकिंग सोडाको माउथवाश
आधा चम्चा बेकिंग सोडा आधा गिलास तातो पानीमा मिलाएर यसको घोल तयार गर्नुहोस्। अब यो घोलको प्रयोगले आफ्नो दाँत सफा गर्नुहोस्। यसले मुखको पी.एच स्तर कायम राख्न मद्दत गर्छ। यसो गर्दा मुख गनाउने समस्या तथा ब्याक्टेरियाको समस्याबाट छुटकारा पाउन सकिन्छ।
नीमको पातको माउथवाश
नीमको पात पानीमा उमाल्नुहोस् र एउटा बोतलमा राख्नुहोस्। जब तपाईं दाँत माझ्नु हुन्छ, त्यति बेला यो पानी प्रयोग गर्नुहोस्। राती सुत्नु भन्दा अगाडि ब्रश गरेपछि यस पानीले मुख कुल्ला गरेर मात्र सुत्नु होला।
टी ट्री तेल माउथवाश
यसका लागि पानीमा टी ट्री तेलको केही थोपाहरू मिलाउनुहोस् र यसले मुख कुल्ला गर्नुहोस्। यसले गिजा स्वस्थ रहन्छ र मुख पनि राम्ररी सफा हुन्छ।
नून पानीको माउथवाश
मनतातो पानीमा नून मिसाएर मुख कुल्ला गर्नाले गिजा सम्बन्धि समस्याबाट छुटकारा मिल्छ। यसले गिजा सुन्निने वा मुख गनाउने समस्याबाट पनि राहत प्रदान गर्छ।