भदौ महिनामा यी चिजहरु नखाएकै राम्रो !

हिन्दू पञ्चाङ्ग अनुसार साउन पछि भाद्रमास आउने गर्छ जुन भाद्र महिनामा पर्छ। यस महिना भगवान कृष्णजीको प्रिय मान्ने गरिन्छ । जसकारण भदौ महिनामा विभिन्न कार्यहरु गर्न वर्जित गरिएको छ।

धन लाभको लागि यी उपायहरु अपनाऊनुहोस् :
भाद्र मासमा वर्त लिई वर्तको दिन फलफूल मात्र खाने गर्नुपर्छ। वर्तको दिन विहानै पूरा शरिर नुहाएर भगवान विष्णु र माता लक्ष्मीको पूजा गरि लड्डू र केरा प्रसाद स्वोरुप चढाई धुप बत्ति बालेर भगवानको आरती गर्न आवश्यक हुन्छ। विधिवत रुपमा यी दुई भगवानको पूजा सक्केपछी यी मंत्रहरु जप गर्नुहोस्।
ओं महालक्ष्मयै नम :
ओं विष्णुदेवाय नम :

भाद्र महिनामा यी कुराहरुमा राख्नुस् विशेष ध्यान :

यी चिजहरु मात्र खानुहोस् :
१. यस महिनामा शरिर शुद्ध राख्नका लागि दूध,दहि,गाईको दूध खाने गर्नुपर्छ। हरेक दिन नसकेपनि वर्तको दिन यी चिजहरु महत्वपूर्ण रहने गर्छन।
२. सन्तान प्राप्ति वा वंश वृद्धिको लागि यस महिना दूध सेवन गर्न आवश्यक हुन्छ।
३. जीवनमा पुण्य प्राप्त गर्न चाहनुहुन्छ भने यस महिनामा सकेसम्म एक छाक मात्र भोजन गर्ने गर्नुहोस्।

यी चिजहरुबाट टाढा रहनुहोस् :

१. भाद्र महिनामा झुक्केर पनि सक्खर वा सक्खरबाट बनेका कुनै चिजहरु सेवन नगर्नुहोस्।
२. दिर्घायु र पूत्र लाभ गर्न यस महिनामा तेलको प्रयोग गरि बनाइएका कुनै परिकार नखानुहोस्।
३. जीवनमा सफलता वा धनलाभ गर्नका लागि भाद्र महिनामा पलंगमा सुत्ने , सहवास ,झुट बोल्ने ,मासु वा मदिरा सेवन ,मह खाने हरियो  सब्जी खाने ,मुल र भ्यानटा खाने आदि कार्यहरु नगर्नुहोस।

प्रकाशित : सोमबार, साउन २६, २०७७१२:१४

यी दुई राशि भएका व्यक्तिले गर्छन् सबैको मनमा राज, सबैका हुन्छन् प्रिय !