आज श्रीकृष्ण जन्माष्टमी, यी राशिलाई धेरै शुभ !

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

तपाईंको लागि यस दिन अनुकूल रहने देखिन्छ। शारीरिक तथा मानसिक स्फूर्तिको अनुभव हुनेछ। शरीरमा उत्साह र उर्जा बढ्नेछ। धन लाभको योग रहेको छ। परिवारको साथ आनन्दमय तथा उल्लासपूर्ण समय बित्नेछ। आमाबाट लाभ प्राप्त हुने सम्भावना रहेको छ। मित्रगण तथा आफन्तजनसँग रमाइलो समय बित्नेछ।

वृष  – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

स्वास्थ्यमा समस्या आउन सक्छ, विशेष गरि आँखाको समस्याले सताउन सक्छ। आफन्तजन तथा परिवारका सदस्यका साथ मदभेद हुने सम्भावना रहेको छ। नयाँ कार्य सुरु गर्नको लागि समय उचित छैन। कुनै पनि प्रकारको दुर्घटना हुन सक्ने हुँदा सावधान रहनुहोला। सफलता प्राप्त गर्न कडा परिश्रम गर्नु पर्ने देखिन्छ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

तपाईंको लागि यस दिन लाभदायी हुने देखिन्छ। धन प्राप्तिको योग रहेको छ। मित्रगणसँगको भेट रमणीय हुनेछ साथै मत्रबाट लाभ पनि मिल्ला। स्वादिष्ट एवम उत्तम भोजनको अवसर मिल्नेछ। परिवारका सदस्यको भरपूर सहयोग मिल्नेछ। कार्यक्षेत्रमा विशेष लाभ प्राप्त हुने सम्भावना रहेको छ। आयमा वृद्धि हुनेछ। वैवाहिक सुखको अनुभूति हुनेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

तपाईंको हरेक कार्य सरलतापूर्वक सफल हुने देखिन्छ। कार्यक्षेत्रमा उच्च पदाधिकारी तपाईंसँग खुशी रहनेछन्। पदोन्नतिको योग रहेको छ। पारिवारिक सम्बन्धमा सुधार आउने देखिन्छ। शारीरिक तथा मानसिक स्वास्थ्य राम्रो रहनेछ। कार्य सन्दर्भमा यात्राको योग बन्नेछ। सरकारी क्षेत्रबाट लाभ मिल्ने सम्भावना रहेको छ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

तपाईंको लागि यस दिन मध्यम फलदायी रहनेछ। अधुरा रहेका कार्य पूरा हुने सम्भावना छ। धार्मिक तथा मांगलिक कार्यमा उपस्थित हुने अवसर मिल्नेछ। घरमा धार्मिक आयोजना हुनसक्छ। सन्तान तथा व्यापार सम्बन्धि समस्याले मन चिन्तित रहन सक्छ। आफ्नो क्रोधमा नियन्त्रण राख्न जरूरी छ। वैदेशिक क्षेत्रबाट शुभ समाचार मिल्ला।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

नयाँ कार्य सुरु गर्नको लागि दिन शुभ रहेको छ। स्वास्थ्यमा समस्या देखा पर्न सक्छ। खान-पानमा विशेष ध्यान दिनुहोला। क्रोध तथा वाणीमा संयम राख्नुहोला। परिवारका सदस्यका साथ मनमुटावको अवस्था सिर्जना हुनसक्छ। अत्याधिक खर्च हुनाले आर्थिक पक्ष कमजोर हुनेछ। अनावश्यक वाद-विवादमा नपर्नु होला। पानीबाट टाढा नै रहनु होला।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

नयाँ वस्त्र प्राप्त हुनेछ। प्रिय व्यक्तिसँगको भेटले मन प्रशन्न रहनेछ। साथी-भाईसँगको यात्राले दिन आनन्दमय रूपले बित्नेछ। शारीरिक तथा मानसिक स्वास्थ्य राम्रो रहनेछ। सामाजिक मान-सम्मान प्राप्त हुनेछ। स्वादिष्ट तथा उत्तम भोजनको अवसर मिल्ला। वैवाहिक सुखको अनुभूति हुनेछ। धन लाभको योग रहेको छ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

परिवारमा सुख-शान्तिमय वातावरण रहनेछ। शारीरिक तथा मानसिक स्वास्थ्यमा सुधार आउने देखिन्छ। शत्रु तथा प्रतिस्पर्धी पराजित हुनेछन्। कार्यक्षेत्रमा सहकर्मीसँगको सम्बन्धमा सुधार आउनेछ। स्त्री मित्रसँगको भेट रमाइलो रहनेछ। अधुरा रहेका कार्य सफलतापूर्वक पूरा हुने सम्भावना छ। धन लाभको योग रहेको छ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

सन्तान सम्बन्धि समस्याले मन चिन्तित रहन सक्छ। यात्रा गर्दा विशेष सावधानी अपाउन जरूरी छ। कार्य सफलता नमिल्दा मन व्याकुल रहला। क्रोध तथा वाणीमा संयम राख्न जरूरी देखिन्छ। साहित्य तथा कला क्षेत्रमा रुचि बढ्नेछ। प्रियजनसँगको भेटले आनन्दको महशुस गनुहुनेछ। स्वास्थ्यमा विशेष ध्यान दिनुहोला।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

मानसिक अस्वस्थताको अनुभव गर्नुहुनेछ। शरीरमा स्फूर्ति एवम प्रफुल्लताको अभाव रहनेछ। पारिवारिक कलहले गर्दा मन चिन्तित रहला। आफन्तजनसँग मनमुटावको अवस्था सिर्जना हुनसक्छ। छाती सम्बन्धि समस्या आउन सक्छ। मानहानि हुने सम्भावना रहेको छ। स्त्री तथा पानीबाट जोगिनु नै राम्रो होला।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

शारीरिक तथा मानसिक स्वास्थ्यमा सुधार आउने देखिन्छ। कार्यक्षेत्रमा दाजु-भाईको भरपूर सहयोग मिल्नेछ। पारिवारिक माहोल रमणीय तथा सुख-शान्तिमय रहनेछ। यात्राको योग बन्नेछ। मनमा रहेका चिन्ता हट्ला। भाग्य वृद्धि हुनेछ। शत्रु तथा प्रतिस्पर्धी पराजित हुनेछन्। वैवाहिक आनन्दको अनुभूति हुनेछ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

आफ्नो क्रोध तथा वाणीमा संयम राख्न जरूरी छ। खर्चमा वृद्धि हुनाले आर्थिक समस्या आउन सक्छ। आर्थिक लेन-देन गर्नको लागि समय उत्तम छैन। शारीरिक तथा मानसिक अस्वस्थताको अनुभव हुनेछ। परिवारमा मनमुटावको स्थिति आउन सक्छ। खान-पानमा विशेष धान दिन जरूरी छ। मनमा नकारात्मक विचार उत्पन्न होला।

प्रकाशित : सोमबार, साउन २६, २०७७१३:३१

भोलि साउन २८ गते कस्तो रहला तपाईको दिन ? हेर्नुहोस् दैनिक राशिफल !