कोरोना कहरका बीच देशभर यसरी मनाइदैछ ‘श्रीकृष्ण जन्माष्टमी’ ! [फोटो फिचर]

काठमाडौँ – वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाइदैछ। ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ ।

श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा मङ्गलबार कैलालीको घोडाघाोडी–१ सुखड्मा भगवान् कृष्णकोे पोसाकमा सजिएर मख्खन खाँदै एक बालक ।

आजको दिन देशभरिका कृष्ण मन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ । अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मिएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेका थिए ।

श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा मङ्गलबार कैलालीको घोडाघाोडी–१ सुखड्मा भगवान् कृष्णकोे पोसाकमा सजिएर मख्खन खाँदै एक बालक ।

कुरुक्षेत्रमा कौरवसँगको लडाइँमा संलग्न पाण्डवमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयम् श्रीकृष्णका मुखारविन्दबाट व्यक्त ‘श्रीमद्भागवत गीता’ पवित्र ग्रन्थ मानिन्छ । छोटकरीमा गीता नामले समेत चिनिने यो ग्रन्थ विश्वमै सबैभन्दा बढी भाषामा अनुवाद भएको विश्वास गरिन्छ । बाल्यकालदेखि नै आफ्ना विचित्र लीला देखाएका श्रीकृष्णले पुतना, कंश, जरासन्ध र शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गरेको पौराणिक ग्रन्थमा उल्लेख छ ।

श्रीकृष्णजन्माष्टमी पर्वका अवसरमा मङ्गलबार ललितपुरको पाटन दरबार क्षेत्रमा रहेको कृष्ण मन्दिर परिसरमा पूजा गर्दै भक्तजन । कोभिड–१९ को कारण यस वर्ष मन्दिर बन्द गरिएको छ ।

जन्माष्टमीका दिन पाटनको मङ्गलबजारस्थित प्रसिद्ध कृष्णमन्दिरमा ठूलो मेला लाग्ने गरेकामा यस वर्ष कोरोना भाइरसको सङ्क्रमणका कारण मेला लाग्नैन । यसैगरी राजधानीको उत्तरपूर्वी भेगस्थित कागेश्वरी मनोहरा नगरपालिकामा रहेको नवतनधाममा पनि भक्तजनको भीड लाग्ने गरेकामा यस वर्ष दुवैतिर विधिपूर्वका पूजा आराधना गर्ने तर भीड नगर्ने गरी तयारी भएको छ ।

श्रीकृष्णजन्माष्टमी पर्वका अवसरमा मङ्गलबार ललितपुरको कृष्ण मन्दिर परिसरमा राधाकृष्णको वेशभूषामा बालबालिका । कोभिड–१९ को कारण यस वर्ष कृष्ण मन्दिर बन्द गरिएको छ ।

यसै उपलक्ष्यमा काठमाडौँका विभिन्न धार्मिक सङ्घसंस्थाद्वारा श्रीकृष्णको झाँकीसहित शोभायात्रा तथा रथयात्रा निकाल्ने चलन छ । उत्तरी भेगस्थित बूढानीलकण्ठमा रहेको श्रीकृष्ण भावनामृत सङ्घको कार्यालयमा रहेको कृष्ण मन्दिरमा पनि भक्तजनको भीड लाग्ने गर्छ । यस पर्वका अवसरमा विगतमा सार्वजनिक बिदा दिने गरिए पनि विसं २०६४ पछि काटिएको छ ।

श्रीकृष्णजन्माष्टमी पर्वका अवसरमा मङ्गलबार ललितपुरको पाटन दरबार क्षेत्रमा कृष्ण बनाएर ल्याइएको बालक ।
श्रीकृष्णजन्माष्टमीका अवसरमा पूजाका लागि सजिएका थारु महिला । हिन्दू अनुयायी ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता श्रीकृष्णको जन्म भाद्रकृष्ण अष्टमीका मध्यरातमा भएको विश्वास गर्छन् ।

तस्विर: रासस

प्रकाशित : मङ्गलबार, साउन २७, २०७७१०:०९

गोङ्गबु प्रकरणको यस्तो छ नालीबेली ! [पूर्ण विवरण सहित]