मिथुन राशि भएका व्यक्तिहरुको भाग्य कस्तो हुन्छ ? हेर्नुहोस् !

मिथुन राशि- का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

एजेन्सी – मिथुन राशिका मानिसहरु बोल्न खप्पिस हुन्छन र फुर्तिला पनि हुन्छन। यस राशिको प्रतिक जुम्ल्याहा(जुडुवा) हो र उनीहरु निकै आकर्षक र मिलनसार स्वभावका हुन्छन। उनीहरुको जिज्ञासु प्रवृत्ति र चलाखीपनले उनीहरुलाई सामाजिक उत्सव र पार्टीको आकर्षणको केन्द्र बनाउँछ। उनीहरु केबल राम्रो कुरा गर्न मात्र होइन अरुको कुरा सुन्न पनि उत्तिकै उत्सुक हुन्छन।

जसलाई उनीहरुले केही सिकाउँछन र प्रतिक्रिया दिन्छन, तिनीहरुको बाँकी जीवनमा पनि उनीहरुसँग कुरा गर्न आवश्यक पर्दछ। उनीहरु जुन वार्तामा सामेल हुन्छन त्यो केबल साधारण वार्तालाप नभएर सूचना प्रधान वार्तालाप हुन्छ र तिनीहरू सधैं आफूलाई नवीनतम जानकारीसँग अद्यावधिक राख्नैपर्छ।

उनीहरुका लागि सम्बन्धले धेरै महत्व राख्दछ। यसको लागि उनीहरु आफ्नो व्यस्त दिनचर्याबाट समय निकालेर संसारका अलग-अलग क्षेत्रका मानिसहरुसँग भेट्छन, जस कारण उनीहरुले नयाँ-नयाँ साथी बनाउन सक्छन र आफ्नो मित्रका दायरा बढाउन सक्छन।

यस राशिको प्रतीक जुडुवा भएकोले उनीहरुले दोहोरो व्यवहार प्रदर्शन पनि गर्न सक्छन। उनीहरु व्यवहारिक हुन् भने त्यही समयमा उनीहरु काल्पनिक र रचनात्मक पनि हुन् सक्छन। उनीहरु मुडी स्वभावका हुन्छन। यो उनीहरुको नकारात्मक उर्जा हो जसले उनीहरुलाई ध्यान केन्द्रित गर्न बाट रोक्छ।

उनीहरुको जीवन विभिन्न शक्तिले भरपूर हुन्छन। भरपूर विचारहरु, मनमोहक, असंगत, सनकी र विरोधाभास उनीहरुको जीवनको सबैभन्दा ठुलो शत्रु हो। उनीहरुमा समस्याहरुलाई सहज रुपमा सुल्झाउन सक्ने क्षमता हुन्छ र कुनै एक सीप बारे पारंगत पनि हुन् सक्छन । उनीहरु बहुमुखी हुन्छन र जुन विषय पढ्छन त्यसमा अद्भुत ज्ञान हासिल गर्छन।

हुनत यसमा उनीहरुको रुचि लामो समय सम्म रहन सक्दैन। यसका लागि बुद्धि सबै चिजहरु अधिक महत्वपूर्ण हुन्छ। उनीहरुको तर्कमा पूर्ण विचार र नयँ विचारका कारण कुनै पनि टिमका हिस्सा सजिलै बन्न सक्छन।

उनीहरुको सबैभन्दा ठुलो क्षमता खुल्ला विचार र राम्रो सँग संवाद गर्न सक्ने कला हो। उनीहरुको दिमागमा जोखिमयुक्त खतरनाक विचारहरु आईरहन्छ। तर जब उनीहरुको करियरसँग सम्बन्धित कुराहरु हुन्छ, तब उनीहरुको निर्णय गर्न सक्ने क्षमतामा प्रश्न उठ्छ र यदि यो तुरुन्तै समाधान गरिएन भने उनीहरु विचलित हुन् सुरु हुन्छ।

मिथुनको व्यक्तिसँग रोमान्स रोचक, साहसी र आनन्दित हुन सक्छ। तर चन्चल, लापरवाही मनोवृत्तिले उनीहरुको दिलले सम्बन्ध तोड्ने प्रबन्ध गर्छ।

प्रकाशित : मङ्गलबार, साउन २७, २०७७१०:१७

सिंह राशिका मानिसहरुका स्वभाव र व्यक्तित्व कस्तो हुन्छ ? हेर्नुहोस् !