कर्कट राशि भएका व्यक्तिहरुको प्रकृति र व्यक्तित्वबारे जान्नुहोस

कर्कट राशि- हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

एजेन्सी – कर्कट राशि १२ राशिहरू मध्य चौथो राशि हो। यो जल प्रधान राशि हो र यसकाे स्वामी चन्द्रमा हो। यस राशि अन्तर्गत जन्मेका व्यक्तिहरुले आफ्नो घर, बुढापाकाहरु र जन्मस्थानलाई असाध्यै प्रेम गर्छन। सबै राशिहरु मध्ये सबै भन्दा बढी सहानुभूति राख्ने वाला राशि मिथुन हो र यसको प्रतीक गंगटो हो।

उनीहरु संवेदनशील र भावुक हुन्छन र आफ्नो घरपरिवारसँग आरामले खुसी साथ रहन्छन। र जब पारिवारिक वातावरण शान्त हुन्छ, तब उनीहरु आफ्नो सबैभन्दा राम्रो प्रदर्शन गर्छन।

आफ्नो मौलिक प्रकृतिका मिथुन राशिका मानिसहरु एक गहिरो मातृस्नेह र सहज तथा स्वाभाविक ज्ञानबाट परिपूर्ण हुन्छन। उनीहरु संयुक्त परिवारको चाहना राख्छन, जसले अरुको लागि सुरक्षा प्रदान गर्दछ। उनीहरु जहाँ जान्छन त्यहाँ आफ्नो लागि आवास बनाउँछन।

उनीहरु यात्रा गर्न रुचि राख्छन, तर उनीहरु घर भन्दा धेरै टाढा जान मन पराउदैनन। उनीहरु पार्क या पिकनिकमा नगईकन पनि खुसी हुन्छन। उनीहरु आफ्नो परिवार र तिनीहरुको परम्परालाई धेरै माया गर्छन। उनीहरु सामाजिक गतिविधिमा पनि भाग लिन्छन। उनीहरुको दिलमा देश भक्तिको भावना असाध्यै हुन्छ, तपाई उनीहरुलाई गर्वका साथ राष्ट्रिय झण्डा फर्फराईरहेको देख्न सक्नुहुन्छ।

उनीहरु भावुक स्वभावका हुन्छन। उनीहरु भावनालाई राम्ररी व्यक्त गर्ने सामर्थ्य राख्छन र अरुको भावनाको बुझेर कदर गर्छन। सतही कुराकानीमा उनीहरु खासै चासो देखाउदैनन। उनीहरु अत्यन्तै मुडी, लजालु र बच्चा जस्तो निर्दोष व्यवहार गर्छन। तर यो लजालुपन र आशंका वास्तवमा उनीहरुका आफ्नो आत्मरक्षाको सुत्र हो जसले उनीहरुको दिलका दु:ख र भावनात्मक अशान्तिबाट रक्षा गर्दछ।

कर्क राशिका व्यक्तिहरुको कलात्मक र रचनात्मक क्षेत्रमा आफ्नो भविष्यको सम्भावना बढी हुन्छ। उनीहरु अत्यन्तै अन्तर्मुखी हुन्छन। र यी संवेदनशील मान्छे निश्चित रूपमा सजिलै बुझ्न सक्दैनन्। उनीहरु आफ्नो भावनालाई राम्ररी लुकाउन सक्छन। उनीहरु राम्रो मुडको बेला दयालु र मिलनसार हुन्छन।

जब उनीहरुको दिलमा अनावश्यक रुपमा चोट लाग्छ, उनीहरूको व्यवहार कडा र विषादपूर्ण हुन्छ। उनीहरु कहिलेकाहीं अरु व्यक्तिहरुप्रति असंवेदनशील, कडा, अशिष्ट र असभ्य हुन्छन, तर उनका संवेदनशील साथीले थाहा पाउनेछ कि यस दुर्व्यवहारको पछाडी उनका असुरक्षाको भाव छ। यदि उनका वरिपरी सबै ठीक छन् भने उनीहरु सराहनीय, दयालु, उदार, समझदार र अनुग्रहशील हुन्छन।

उनीहरु गहिरो बुद्धि भएका खुफिया अधिकारीहरु बन्नेछन। अनि उनीहरु कला, बिक्री, मिडिया र प्रदर्शन कलाको क्षेत्रमा नाम कमाउँछन्। धन र भौतिक लाभ उनीहरुका लागि एकदम महत्वपूर्ण हुन्छ, यद्यपि उनीहरु आफूले कमाएको पैसा खर्च गर्ने मामलामा असाध्यै कन्जुस हुन्छन तर अचानक सजिलै सँग प्राप्त भएको पैसा भने सजिलै खर्च गर्न तयार हुन्छन।

उनीहरु आफ्नो भन्दा विपरित प्रकृति भएका व्यक्तिहरुसँग रोमान्स गर्न चाहन्छन। उनीहरु बलियो र सफल मानिसहरूमा आकर्षित हुन्छन्।

प्रकाशित : मङ्गलबार, साउन २७, २०७७१०:१९

तुला राशिका मानिसहरुका स्वभाव र भविष्य कस्तो हुन्छ ? जान्नुहोस !