तुला राशिका मानिसहरुका स्वभाव र भविष्य कस्तो हुन्छ ? जान्नुहोस !

काठमाडौँ:- उनीहरू प्राकृतिक रुपबाट नै निपुण र उम्दा कलाकार हुन्छन। राशि पात्रोमा यस चिह्नमा पुगेर ध्यान दिन योग्य कुरा यो छ कि पछिल्लो ६ राशिहरु दुनियाँको साथ व्यक्तिगत सम्पर्कमा विशेष ध्यान केन्द्रित गर्छन भने दोस्रो, पहिल्लो ६ राशिहरु आत्मकेन्द्रित हुन्छन।

तुला राशिका व्यक्तिहरु अक्सर देखिन्छ कि उनीहरु जन्मजात नै अक्सर एक्लै बस्न रुचाउँदैनन। उनीहरु कुराकानी र सामाजिकरण मन पराउँछन्। र आफूलाई मानिसहरुद्वारा घेरिएर राख्छन। उनीहरु तीव्र गतिमा दोस्रोसँग कसरी सम्बन्ध विकसित गर्ने भन्ने कुरामा ध्यान केन्द्रित गर्छन।

उनीहरु व्यक्तिगत प्रयासमा विश्वास गर्छन। अत: जब उनीहरु जोडामा हुन्छन तब झन् राम्रो प्रदर्शन गर्छन, चाही त्यो घर हो या कार्यालय। तुला राशिका मानिसहरु सारसङ्ग्रह गर्न , सन्तुलन, सदभाव र निष्पक्ष रुपमा खेल्ने भावनाले ओतप्रोत हुन्छन्।

उनीहरु विशेषत: सबैको भलो चाहन्छन। उनीहरु विवाद समाधान गर्नमा कुशल हुन्छन। उनीहरुमा न्यायको गहिरो भावना हुन्छ। संघर्ष र टकरावबाट बच्नको लागि उनीहरुमा व्यक्तिगत रुपमा निष्पक्षताको लगाव हुन्छ। उनीहरु चतुर रणनीतिकार र आयोजक हुन्छन। उनीहरुमा जुनसुकै कामकाजहरुलाई पनि अत्यन्तै शिष्टताको साथ पूरा गर्न सक्ने सामर्थ्य हुन्छ।

तुला राशिका मानिसहरुमा आफ्नो दिमागलाई उपयुक्त तरिकाले उपयोग गर्न सक्ने क्षमता हुन्छ। उनीहरुले आफ्नो अन्तर्मनका विचारहरुलाई अरुको साथ सञ्चार गर्नमा आनन्द लिन्छन। उनीहरु दोस्रो व्यक्तिहरु बारे जान्नको लागि उचित तरिका अपनाउँछन। निष्पक्ष तर्क गर्नको लागि  कूटनीतिक र सम्झौताको बाटो समात्छन।

उनीहरु हमेसा विनम्र र झगडाबाट टाढा रहन चाहन्छन र सधैं बातचितद्वारा विवाद हटाउन प्रयास गर्छन।

उनीहरु मृदुभाषी स्वभावका हुन्छन। उनीहरुले जीवनमा सायद कमै मात्र विरोधको सामना गर्नुपर्ने अवस्था सिर्जना हुन् सक्छ। यदि उनीहरुको जीवनमा यस्तो स्थिति आए पनि उनीहरु ठण्डा दिमाग र गहिरो सास लिएर सहयोगको भावना सँगै सबै विकल्पहरुमा विचार गरी कार्य गर्छन। उनीहरुको यो गुण अनेक करियरहरुको विकल्पको लागि अनुकूल बनाउँछ।

कूटनीति र विनम्रताको उच्चतम प्रयोग गर्ने तुला राशिका व्यक्तिहरु खराब व्यवहारलाई घृणा गर्छन। उनीहरु हमेसा सन्तुलित, सुखद र सुन्दर तरिकाले कार्य गर्छन र आफ्नो इच्छित सफलताका अधिकारी बन्नेछन्।

यद्यपि उनीहरुमाथि अक्सर आलसी भएको आरोप लगाइन्छ, तर यो केबल यसकारण हो कि उनीहरु अतिरिक्त समयमा पनि काम गर्छन र स्वस्थ रहनको लागि आराम लिन्छन। यद्यपि अनिर्णयको स्थिति उनीहरुको सबैभन्दा ठुलो दुर्बलता हो, जुन प्राय: ढिलाइको लागि जिम्मेवार हुन्छ। उनीहरु नाफा-नोक्सानको सोचिरहन्छन।

उनीहरुको लागि  भावनात्मक सम्बन्धमा समानता हुनुपर्छ अर्थात दुवै पक्षबाट भावनाहरुको प्रदर्शन समान हुनुपर्छ। उनीहरु विपरित लिङ्गी प्रति चाँडै आकर्षित हुन्छन र जीवनभरको प्रतिबद्धता बारे सावधानीपूर्वक सोच-विचार गरी अघि बढ्छन।एजेन्सी

प्रकाशित : मङ्गलबार, साउन २७, २०७७१०:२१

धनु राशिका मानिसहरुका स्वभाव र भविष्य कस्तो हुन्छ ? जान्नुहोस !