धनु राशिका मानिसहरुका स्वभाव र भविष्य कस्तो हुन्छ ? जान्नुहोस !

काठमाडौँ। धनु राशिका मानिसहरु विशेषत: सत्यमा विश्वास गर्छन र सधैं सत्यको खोजीमा रहन्छन। यस राशिको प्रतीक धनु हो। यस राशिको जीवनमा ज्ञान र गति प्रतिको दृष्टिकोण व्यापक हुन्छ। हसिमजाक गर्ने लापरवाही स्वभावका, उत्साही यस राशिका मानिसहरु आरामदायी जीवन व्यतीत गर्नमा बढी केन्द्रित हुन्छन।

दार्शनिक र धार्मिक दिमागका धनु राशिका मानिसहरु जीवनको अर्थ खोज्नमा इच्छा राख्छन। उनीहरु स्पष्ट विचारक हुन्छन, र उनीहरु दोस्रोले उनको विचारपूर्वक गरिएको कुरामा सहमति जनाएमा खुशी हुन्छन। तर उनीहरु कहिलेकाहीं तार्किक, मन्दबुद्धि र कठोर पनि हुन्छन।

उनीहरु उत्साहीपूर्ण कुराहरु गर्न खप्पिस हुनुको साथै एक उत्साही श्रोता पनि हुन्छन। उनीहरु आफ्नो ज्ञानको घमण्ड शान्त गर्नका लागि दोस्रोको कुरालाई ध्यान दिएर सुनी सूचना एकत्रित गर्छन। उनीहरु ज्ञानको खोजीमा अनन्त दुनियाँमा घुम्न चाहन्छन। यदि उनीहरुलाई रोक्न खोजियो भने उनीहरु आफ्नो धैर्य गुमाउन थाल्छन र सम्हाल्न मुश्किल हुन्छ।

निडर प्रकृतिका धनु राशिका मानिसहरु पार्टीमा पुग्ने पहिलो र अन्तिम पाहुना हुन्छन। ज्ञान प्राप्तिको लागि यात्रा गर्छन र हरेक ठाउँको धर्म-संस्कृति, रहनसहन र चालचलनको बारेमा अध्ययन गर्न चाहन्छन। उनीहरु स्वतन्त्र र कसैको पनि जवाफदेही हुदैनन्।

उनीहरु आफूलाई कठिन परिस्थितिमा राख्न चाहदैनन चाहे त्यो शारीरिक होस् या भावनात्मक नै। ईमानदार र सिधा आचरणका धनु राशिका मानिसहरु चुनौतीहरु स्वीकार गरी त्यसको सामना गर्न मन पराउँछन्। उनीहरु स्वयमलाई आफू बुद्धिजीवी भन्दा साहसी भन्न रुचाउँछन्। उनीहरु पढ्न, लेख्न र अज्ञात विषयहरुको बारेमा खोज अनुसन्धान गर्नमा आनन्द लिन्छन र राम्रो शिक्षार्थी भएर राम्रो परिणाम दिन्छन।

उनीहरु प्रभावशाली मानिसहरुको संरक्षणमा आनन्द लिन्छन।कहिलेकाही अति उत्साहमा उनीहरु आफ्नो उद्देश्यबाट विकेन्द्रित हुन्छन। असुरक्षाको भावनाको कारण उनीहरु निर्णय र न्याय प्रति संदिग्ध हुन्छन्। धनु राशिका मानिसहरु स्वतन्त्र, उत्साही र खुल्ला हृदयका हुन्छन।

उनीहरु धेरै छिटो बोल्छन, कहिलेकाहीं त उनीहरुलाई कुराको तालमेल मिलाउन नै गाह्रो पर्छ। उनीहरु अक्सर दोस्रो व्यक्तिको भावनामा चोट पुर्याउँछन्। तर उनीहरुको शब्दले मानिसहरुलाई प्रेरणा पनि प्राप्त हुन्छ। उनीहरु उत्सुक, आध्यात्मिक र विश्वासिलो हुन्छन। उनीहरुले आफ्नो विश्वास भावनाको माध्यमबाट दोस्रोलाई आकर्षित गर्न सिपालु हुन्छन।

उनीहरु कहिल्यै देखावटी प्रेम गर्दैनन। उनीहरु बन्जी जम्पिङ्ग, पर्वतारोहण, घोडसवार, विदेश यात्रा गर्न औधी मन पराउँछन्। एजेन्सी

प्रकाशित : मङ्गलबार, साउन २७, २०७७१०:२१

जीवनलाई अस्त-व्यस्त बनाईदिन्छ चण्डाल दोषले, जानीराखौ यसबारे…