गायक निशान भट्टराईले प्रेमिका ऋचासंग गरे विवाह,!

काठमाडौँ, नेपाल आइडल सिजन वानका फस्ट रनरअप निशाना भट्टराईले विवाह गरेका छन् । निशानले मंगलवार कृष्ण जन्माष्टमीको अवसर पारेर प्रेमिका ऋचा न्यौपानेसँग कानुनी विवाह गरेका हुन् ।

 

लामो समयदेखि प्रेम सम्बन्धमा रहेका निशान र ऋचाले धुलिखेल जिल्ला अदालत पुगेर कानुनी विवाह गरेका हुन् ।

आफ्नो गायन कलाबाट छोटो समयमा नै सफलताको सिढी चढेका निशानको पछिल्लो गीत ‘के माया लाग्छ र ?’ ले उनलाई अझ चर्चाको शिखरमा पुर्याएको छ। उनले थुप्रै नेपाली चलचित्रका गीतमा आवाज दिएका  छन् ।

प्रकाशित : मङ्गलबार, साउन २७, २०७७११:४२

अब फेरि होटल-रेष्टुरेन्टमा बसेर खान नपाइने, दश नाकाबाट मात्रै नेपाल आउन मिल्ने !