जीवनलाई अस्त-व्यस्त बनाईदिन्छ चण्डाल दोषले, जानीराखौ यसबारे…

जब कुनै जातकको कुण्डलीमा चण्डाल दोषको निर्माण हुने गर्दछ तब जातकको निर्णय या उद्वार गरिएको कार्य दुष्प्रभावित हुने गर्दछ । उक्त जातक व्यर्थको कानुनी झमेलामा पर्न सक्छ ।

यस्तो जातक निर्णय लिन पनि निकै हत्तार गर्ने गर्दछ र हानी पनि भोग्ने गर्दछ । यो दोष राहु-केतुको साथी ग्रहको कारण बन्ने गर्दछ। जसमा सोमादित्य चण्डाल योगको कारण ब्यक्तीको मानसिक स्थिति कमजोर हुनेगर्दछ। र उसलाई विश्वास हुन थाल्दछ कि उसको साथ कसैले तन्त्र-मन्त्रको प्रयोग गरेका छन् । यस्तो व्यक्तिलाई शारीरिक कष्ट पनि भईराख्छ । जीव चण्डाल दोष एक प्रकारको ब्रह्मदोष हुने गर्दछ । चण्डाल दोष ब्राह्मणको श्रापको परिचायक हुने गर्छ । शनि चण्डाल दोषले व्यक्तिलाई अचानक पतनको मार्गमा लैजाने गर्दछ ।

अंगारक चण्डाल योग र  व्यक्तिलाई जमीन-जायदादको कारण अदालतको चक्कर लगाउनु पर्नसक्छ । सूर्य आत्मकारक ग्रह भएर जब चण्डाल दोषमा आउछ तब त्यस व्यक्तिमा मरिसकेको व्यक्तिको छायाँको प्रभाव हुने गर्दछ । भ्रगु चण्डालमा फसेका व्यक्तिको कुनै स्त्रीको कारण हानि भोग्नुपर्छ । ज्योतिषाचार्य भन्छन् कि सूक्ष्म अध्ययन गर्नाले यस योगको सयौ  प्रकार अगाडी आउने गर्छ । चण्डाल दोष अर्थात् धर्म बाधिनु हो । पूर्व जन्ममा ब्रह्म ऋण हुनु, जुन ग्रह स्थितिको कारण प्रत्येक व्यक्तिको लागि अलग-अलग हुने गर्दछ । यसको शान्ति कालो शाबर र  ब्रह्म सेवाद्वारा या ब्राह्मण ऋण तिर्ने उपायबाट सम्भव रहेको छ ।

 

प्रकाशित : मङ्गलबार, साउन २७, २०७७११:१९

१ देखी १४ मुखी रुद्राक्ष धारण गर्नु पहिले जप्नुहोस् यी बिशेष मन्त्र