तामाको औठी लगाउँदा हुन्छन् यस्ता अतुलनीय फाईदा

एजेन्सी, हरेक धातुको आफ्नो-आफ्नो विशेषता हुने गर्दछ । यसले ग्रह-दोषलाई शान्त गर्नुको साथै, स्वास्‍थ्य लाभ पनि पुर्याउने गर्दछ । यस्तै एक चमत्कारी धातु हो तामा ।

तामाको औठी  धारण गर्नाले मंगल वा सूर्य ग्रह शान्त हुने गर्दछ । तामाले वास्तुदोष टाढा गर्नुको साथै स्वास्थ्यको लागी औषधिको काम गर्ने गर्दछ । ज्योतिष शास्‍त्रअनुसार, धातु र ग्रहको धनिष्ठ सम्बन्ध रहेको छ । यदि ग्रह विपरीत रहेको छ भने व्यक्तिको जीवनमा नकारात्मक असर हुने गर्दछ । शुभ-अशुभ फलको पछि पनि यही ग्रह कारक हुने गर्दछ । ग्रह सम्बन्धी धातु धारण गर्नाले ग्रह शान्त हुने गर्दछ ।

धातुमा तामा शुद्ध र शान्त मानिएको छ । यसको सम्बन्ध मंगल र सूर्यसँग रहेको छ । यदि सूर्य या मंगल कमजोर छ भने तामाको औठी गर्नाले लाभ हुने गर्दछ ।

यसलाई धारण गर्नाले असर छिट्टै देखिन थाल्दछ । तामाको सम्बन्ध सूर्यसँग हुने गर्दछ र सूर्यलाई यश र सम्मानको प्रतीक मानिने गरिन्छ । तामाको औठी धारण गर्नाले व्यक्तिलाई समाजमा पद-प्रतिष्ठा र सम्मानको प्राप्ति हुने गर्दछ ।

यसले मनुष्यको प्रसिद्धिलाई बढाउन पनि सहायक रुपमा काम गर्दछ । यदि कुण्डलीमा सूर्य दोष छ भने तामाको औठीलाई रिंग फिङ्गरमा लगाउनुहोस् । ज्योतिष शास्‍त्र अनुसार यो धातु शान्त प्रकृतिको हुने गर्दछ र गर्मीलाई टाढा राख्ने गर्दछ । यदी कुनै मानिसलाई धेरै रिस उठ्ने गर्दछ भने तामाको औठी  धारण गर्नाले मनलाई शान्ति प्राप्त हुने गर्दछ ।

प्रकाशित : मङ्गलबार, साउन २७, २०७७११:२७

पेटको आकारबाटै यसरी थाहा पाउन सकिन्छ महिलाको ‘भाग्य’ !