देशका धेरै ठाउँमा पानी पर्दै: तत्काल मौसम सुध्रिने सम्भावना छ कि छैन ? यसो भन्छन् मौसमविद् !

काठमाडौँ – पश्चिममा नेपाल नजिक रहेको मनसुनी न्युन चापीय रेखाका कारण प्रदेश नं २ बाहेक अन्य प्रदेशका विभिन्न स्थानहरुमा वर्षा भइरहेको छ। यो क्रम मंगलबार राति पनि जारी हुने मौसमविद्हरुको भनाई छ।

मौसमविद्हरुका अनुसार मंगलबार राति देशभर सामान्य देखि पूर्ण वदली रही धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

गण्डकी प्रदेश र प्रदेश नं ५ का थोरै स्थानहरु साथै प्रदेश १, प्रदेश २, र सुदुरपश्चिम प्रदेशका १-२ स्थानहरुमा ठूलो पानी पर्ने मौसम पूर्वानुमान महाशाखाको अनुमान छ।

महाशाखाका अनुसार बुधबार दिउँसो पनि देशभर सामान्य बदली रही धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

आउने बिहिबार सम्म नै मौसममा कुनै सुधार हुने सम्भावना नदेखिएको महाशाखाले जनाएको छ। महाशाखाले मंगलबार साँझ सार्वजनिक गरेको तीन दिनको मौसम विश्लेषण र पूर्वानुमान  निम्न छ।

मौसम विश्लेषण (Meteorological Analysis):-

मनसुनी न्युन चापीय रेखा हाल पश्चिममा नेपाल नजिक दक्षिण तर्फ अवस्थित छ ।

हालको मौसमको अवस्था (Present Weather Status):

हाल देशका अधिकांश भू-भागहरुमा समान्य देखि पूर्ण बदली रहेको छ भने सबै प्रदेश नं २ बाहेक अन्य प्रदेशहरुका थोरै-थोरै स्थानहरुमा हल्का बर्षा भईरहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

साउन २७ गते (मंगलबार)

राती : देशभर सामान्य देखि पूर्ण वदली रही धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेश र प्रदेश नं ५ का थोरै स्थानहरु साथै प्रदेश १, प्रदेश २, र सुदुरपश्चिम प्रदेशका १-२ स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

साउन २८ गते (बुधबार)

दिउँसो : देशभर सामान्य बदली रही धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं ५ , कर्णाली प्रदेश, गण्डकी प्रदेश, र सुदुर पश्चिम प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

राती : देशभर सामान्य वदली रही केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं ५ , गण्डकी प्रदेश, र सुदुर पश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

साउन २९ गते (बिहीबार)

दिउँसो : देशभर सामान्य बदली रही धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं ५ , कर्णाली प्रदेश, गण्डकी प्रदेश, र सुदुर पश्चिम प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

राती : देशभर सामान्य वदली रही केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।बाग्मति प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ , र सुदुर पश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours):

देशका धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं ५ , कर्णाली प्रदेश, गण्डकी प्रदेश, र सुदुर पश्चिम प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको समेत सम्भावना देखिएकोले उक्त स्थानहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल/पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।

प्रकाशित : मङ्गलबार, साउन २७, २०७७१२:३३

लक्ष्मण, कृष्ण र गणेशको विचल्ली: बिरामी बुवा बिते, आमाले छाडेर भागिन् !