दुई दिनदेखि बेपत्ता भएका पत्रकार बलराम बानियाँ भेटिए मृत!

काठमाडौँ, साउन २८ । दुई दिनदेखि बेपत्ता भएका पत्रकार बलराम बानियाँको शव  छ । कान्तिपुर दैनिकका सहायक सम्पादक समेत रहेका पत्रकार बानियाँको शव मकवानपुरको सिस्नेरीस्थित माण्डो जलविद्युत आयोजनामा भेटिएको जानकारी प्रहरीले दिएको छ।

दुई दिनदेखि घर नफर्किएपछि बानियाँका परिवारले महानगरीय प्रहरी परिसर, काठमाडौं र अपराध अनुसन्धान महाशाखा, बानेश्वरमा उजुरी दिएको थियो ।

बानियाँको मोबाइल सोमबार दिउँसो १ बजेबाट स्वीच अफ भएको थियो भने केहि घण्टापछि  उनि बल्खु खोलाको पुलमुनि देखिएका थिए ।स्थानीयको अनुसार बानिया बाटो छेऊबाट हिलैहिलो हिडेका थिए । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले उनको खोजी गर्ने क्रममा खोला किनारमा भेटिएको थियो र उक्त जुत्ता  बुबाकै भएको बानियाँकी छोरीले पुष्टि गरेकी थिइन् ।

प्रकाशित : बुधबार, साउन २८, २०७७०८:४२

खुट्टा फ्याक्चरको समस्याले अस्पताल भर्ना भएका पुरुषकाे काेराेनाले मृत्यु!